2026-09-14 12:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङका १९ वडा सचिवविहीन

भदौ २५, दाङ | जिल्लाका १०० वडामध्ये अझै १९ वडा सचिवविहीन अवस्थामा छन्। 

शहरी क्षेत्रका वडामा वडा सचिव पुगे पनि ग्रामीण भेगका वडामा वडा सचिव पुग्न सकेका छैनन्। दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिका रहेको जिल्लामा दुवै उपमहानगरपालिका, दङ्गीशरण र शान्तिनगर गाउँपालिकाका सबै वडामा सचिव पुगेका छन्। लमही नगरपालिकाका नौ वडामध्ये १, २, ४, ५ र ९ नं वडा सचिवविहीन छन्। 

सचिव नआएको अवस्थामा ती वडामा अहिले करारमा नियुक्त भएका कर्मचारीले काम चलाइरहेको र केही वडामा खरिदारलाई सचिवको जिम्मा दिइएको लमही नगरपालिकाका कार्यकारी अधिकृत गेहेन्द्रबहादुर डाँगीले बताउनुभयो। गढवा गाउँपालिकाको तीन वडा सचिवविहीन छन्। ती वडा हेर्ने जिम्मेवारी लेखापाललाई दिइएको गाउँपालिकाका अध्यक्ष सहजराम यादवले जानकारी दिए। राजपुर गाउँपालिकाका पाँच वडा सचिवविहीन छन्। 

यस्तै राप्ती गाउँपालिकाका दुई वडामा मात्रै सचिव कार्यरत छन् भने सात वडा अझै सचिवविहीन छन्। सचिव नपुगेका सबै ग्रामीण भेगका वडा हुन्। कुनैमा खरिदारलाई वडा सचिवको जिम्मेवारी दिइएको छ भने कुनैमा एउटै सचिवले दुई वडा हेर्नुपर्ने बाध्यता छ। ‘वडाको कार्य सम्पादन गर्न समस्या भएको छ,’ बङ्गलाचुली गाउँपालिकाका कार्यकारी अधिकृत चन्द्रकान्त पौडेलले भन्नुभयो। वडा सचिव नहुँदा योजना तर्जुमा गर्न, वडाको रिपोर्टिङ गर्न, वडा कमिटीको बैठक गर्न, पञ्जिकरणलगायतका काम गर्न समस्या भएको छ। स्थानीय तहले जनप्रतिनिधि पाएको डेढ वर्ष बिते पनि वडामा कर्मचारी नपुग्दा काम गर्न कठिनाइ भएको छ। (रासस)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले