Skip to content
Friday, July 17, 2026 Nepali Online Media
September 11, 2018 अछाम - ACM, समाज

नेकपा स्थायी कमिटी सदस्य रावलको टोलिद्धारा सुख्खा पहीरोको अनुगमन

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

कमल रावल | भदौ २५, अछाम | नेकपाका स्थायि कमिटी सदस्य तथा क्षेत्र नम्बर १ प्रतिनिधी सभा सदस्य भिम रावल नेतृत्वको टेलिले मेल्लेख गाउपालिका वडा नम्बर ७ नन्देगडाको रिठागाउ टोलमा आएको सुख्खा पहीरोको स्थलगत अनुगमन गरेको छ ।

यही भदौ २३ गते बिहान आएको सुख्खा पहीरोले रिठागाउका ४१ घरधुरि पहीरोको जोखिममा परेको जानकारी प्राप्त भएपछी रावल, राष्ट्रिय सभा सदस्य शेर बहादुर कुवर, गाउपालिका अध्यक्ष लोक बहादुर बोहरा, वडा नम्बर ७ का अध्यक्ष लोक बहादुर बोहरा लगाएत जनप्रतिनीधी सरोकारवालाको टोलिले स्थलगत अनुगमन गरेको हो । स्थलगत अनुगमन पछी नेकपाका स्थायि कमिटी सदस्य रावलले मानविय क्षति तत्काल रोक्नका लागि जोखिम घरपरिवालाई सुरिक्षत स्थानमा स्थान्तरण गर्न अनुरोध गरिएको बताउनु भयो । जिल्ला प्रशासन कार्यालयको निर्देशनमा रेडक्रस मार्फत पाल वितरण भएको र सबैलाई आवश्यक लुगा कपडा, खानको समस्या नभएकोले सुख्खा पहीरोको बिषयमा विज्ञको टोलिले भौगर्भिक अध्ययन गरेपछी जानकारी हुने भएकाले सम्बन्धीत निकायसँग पहल आफुले गर्ने बताउनु भयो ।

अनुगमन पछी गाउपालिका अध्यक्ष लोक बहादुर बोहराले यतिबेला उनिहरुलाई सुरक्षित स्थानमा स्थान्तरणका लागि सरकारी जग्गाको खोजि भईरहेको बताउनु भयो । समस्यामा परेका जनतालाई सुरक्षित राख्नका लागि अस्थायि टहारा निर्माण गरिने जानकारी गराउनु भयो । १२ मात्र नभएर यतिबेला २५ घरधुरि उच्च जोखिममा रहेकाले यसअघि रेडक्रस मार्फत २० पाल अपुग भएकाले आफ्नो गाउपालिकाले थप २० पाल वितरण गरेको जानकारी दिनु भयो । अब तत्कालै गाउपालिकाको बोर्ड बैठक गरेर आवश्यक सहयोगका लागि पहल गर्ने बताउनु भयो ।