२०८२, २२ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशमा हेल्पर काममा जाँदा कति कमाई हुन्छ ? जान्ने पर्ने यी कुरा पढ्नुहोस

२०७५, २७ भाद्र बुधबार ०९:०९

भदौ २७, काठमाडौं । कामलाई सहज बनाउन सहयोगीको रुपमा विभिन्न कल-कारखाना, होटेल, निर्माणका काम, घरेलु काम आदिमा काम गर्ने व्यक्तिलाई हेल्पर भानिन्छ। हेल्पर काममा नेपाल, भारत, बङ्गलादेश आदि देशका कामदारहरू धेरै जसो युरोपियन तथा खाडी मुलुकहरू जाने गर्छन् । 

यदि तपाई हेल्पर कामका लागि वैदेशिक रोजगारीमा जाँदै वा जानखोज्दै हुनुहुन्छ भने यो लेख तपाईँको लागि महत्त्वपूर्ण हुन सक्छ। यसमा हामी हेल्परले के कस्ता काम गर्नुपर्छ, यो काम गर्दा पाउने तलब सुविधा कस्तो हुन्छ  तथा यो कामका गर्दा कामदारलाइ के के फाइदाहरू हुन्छन भन्ने बारेमा बताउँदै छौँ। सबै कुरा जान्नको लागि अन्तिम सम्म पढ्नु होला।

के काम गर्न पर्छ ?

  • यदि किचेन हेल्परको काममा  जाने हो भने, किचेन सफा राख्ने, भुईँ पुस्ने, भाडाकुडा सफा गर्ने, किचनका सामग्रीहरु तयार पार्ने, काटकुटका कामहरू गर्ने, कुकलाई आवश्यक परेमा सहयोग गर्ने आदि जस्ता काम गर्नुपर्छ।
  • यदि काठको काम गर्ने (कार्पेन्टर) हेल्परको  लागि जाने हो भने, चाहिने सामाग्री र उपकरणहरू बोक्ने, ती उपकरणहरू सेट गर्न मद्दत गर्ने, आदि जस्ता काम गर्नुपर्छ।
  • यदि घरेलु हेल्परको कामको लागि जाने हो भने, परिवारको बालबच्चा वा वृद्धवृद्धाको हेरचाह गर्ने, पकाउने-खुवाउने काम, घरको सरसफाइ, आदि जस्ता काम गर्नुपर्छ।
  • यदि इलेकट्रिसियन हेल्परको कामको लागि जाने हो भने, विधुतीय  उपकरणहरू चलाउनुपर्ने वा चलाउन सहयोग गर्नुपर्ने, नाप्ने उपकरण वा अरु हाते उपकरणको प्रयोगले तार नाप्ने, काट्ने र बेर्ने आदि काम गर्नुपर्ने हुन्छ।


तलब सुविधा कस्तो हुन्छ ?

कतारमा हेल्परको तलब रु २५००० देखि रु  ४५००० नेपाली रुपैयाँ सम्म हुन्छ ।

ओमानमा हेल्परको तलब रु  २५००० देखि रु ४५००० नेपाली रुपैयाँ सम्म हुन्छ ।

साउदी अरेवीयामा हेल्परको तलब रु २५००० देखि रु  ४५००० नेपाली रुपैयाँ सम्म हुन्छ ।

कुवैतमा हेल्परको तलब रु  २५००० देखि रु ४५००० नेपाली रुपैयाँ सम्म हुन्छ ।

यु.ए.ईमा हेल्परको तलब रु ३००००  देखि रु ५०००० नेपाली रुपैयाँ सम्म हुन्छ ।

मलेसियामा हेल्परको तलब रु  २५००० देखि रु ४५००० नेपाली रुपैयाँ सम्म हुन्छ ।

के कस्तो योग्यता चाहिन्छ ?

  • यो  कामका लागि यति नै पढ्नुपर्छ भन्ने अनिवार्य छैन तर सामान्यतया ७-८ कक्षा भन्दा बढी अध्ययन गरेका र आफू जाने काम सम्बन्धी ३-६ महिना तालिम पाएका व्यक्तिले अलि सजिलोसँग काम पाउने र बढी स्यालरी पाउने सम्भावना हुन्छ।
  • हेल्परको काममा  जाने हो भने बोलीचाली राम्रो भएको  साथै नझर्किने र नरिसाउने स्वाभावको व्यक्ति छनोटमा पर्ने सम्भावना बढी हुन्छ
  • अराएको काम राम्ररी  बुझेर गर्नसक्ने हुनुपर्छ

तालिम कहाँ लिन सकिन्छ ?

नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतका विभिन्न तालिम प्रदायक संस्था व्यावसायिक तथा सीप विकास तालिम केन्द्र

इमेल :  [email protected] , [email protected]

फोन:  +९७७-१-५५९०८००,५५९०८०१,५५९०२५४

वेबसाइट:  www.training.gov.np , www.vsdtc.gov.np

काम कसरी पाउने ?

  • विभिन्न म्यानपावर कम्पनीहरूले विभिन्न देशहरूका लागिहेल्परको माग भएको जानकारी पत्रपत्रिकामा सूचना दिईराखेका हुन्छन्, त्यसबाट सूचना लिन सकिन्छ ।
  • त्यसै गरी विदेश पठाउने म्यानपावर कम्पनीमा सोझै गएर आवेदन दिन पनि सकिन्छ ।

महत्त्वपूर्ण कुरा:

  • यो काम गर्दा विदेशको नियम, कानुन र  सबै विधि र प्रक्रिया पुर्‍याउनु पर्ने हुन्छ। तोकिएको गुणस्तर अनुसारको काम सम्पन्न हुन सकेन भने काम दिने कम्पनिले फिर्ता पठाउन सक्छ भने  नियम, कानुन पालना नगर्दा कडा कानुनी सजाय पनि हुनसक्छ। त्यसैले काम गर्ने देशको नियम-कानुन राम्ररी जान्न आवश्यक छ।
  • लोभ गरेर सामान, खाना, आदि चोर्ने वा लुकेर खाने गर्नुहुँदैन।
  • आफू जाने देशको भाषा जानेमा निकै राम्रो हुन्छ ।
  • ईलेक्ट्रीसीयन  हेल्पर काममा जाने हो भने, बिजुलीको काम भएकाले एकदमै ध्यान दिएर गर्नुपर्छ नत्र दुर्घटना भएर अङ्ग-भङ्ग पनि हुन सकिन्छ ।
  • घरेलु हेल्पर कामको लागि जाने हो भने अनुभव नभएकाका लागि चिन्ताको विषय भएन ।
  • कतै काम गरिसकेको भए अनुभवको प्रमाणपत्र लिनुपर्छ, पछिको लागि काम लाग्छ ।

शुभयात्रा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त मतगणनास्थलमै ढलेका रास्वपा नेता दुर्गा रेग्मीको निधन ७९ वटा निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता कायम ९४ क्षेत्रको मतगणना जारी धादिङ–२ मा विवाद उत्पन्न भएपछि मतगणना रोकियो धादिङ १ मा आशिका तामाङको अग्रता रुकुम पूर्वमा प्रचण्डको फराकिलो अग्रता म्याग्दीमा महावीर पुनको फराकिलो अग्रता रुसी तेल भारतलाई बेच्न अमेरिकाको अस्थायी अनुमति सर्लाहीमा गगन थापा भारी मतले पछाडि जारी मतगणनामा ४१ सिटमा रास्वपाको अग्रता