2026-10-14 07:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

सामाजिक सदभाव र भातृत्व कायम गर्नमा तीज बिशेषको महत्व

कमल रावल | भदौ २७, अछाम | हरितालिका तीजको अवसरमा अछामका विभिन्न ठाउमा विभिन्न सास्कृतिक तथा तिज विशेष कार्यक्रम भएका छन । तिजको अवसरमा ठुलासेनमा पनि सदभावपुर्ण तिज विशेष कार्यक्रम गरिएको छ । 

रेडियो रामारोशन र रेडियो अछामको आयोजना तथा स्मृति पुञ्ज बालक्लवको समन्वयमा कार्यक्रम गरिएको हो । रेडियो रामारोशनका स्टेसन म्यानेजर चन्द्र बहादुर थापाको अध्यक्षतामा भएको सदभावपुर्ण तिज विशेष कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नर बहादुर कुवर प्रमुख अतिथि रहनु भएको थियो । कुवरले निराहर व्रत बसेर मात्रै नभई आफ्नो स्वास्थ्यको ख्याल र धर्म सस्कृतिको संरक्षणलाई मध्यनजर गर्दै तिज मनाउनु पर्ने बताउनु भयो । 

रेडियोहरुले तिज विशेष कार्यक्रम गरेर महिलाहरुको बिशेष पर्बमा निकै राम्रो कार्य गरेको बताउनु भयो । उक्त कार्यक्रममा बिशिस्ट अथिती रहनु भएका मंगलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहराले यस्ता कार्यक्रमले गाउँ समाजमा सद्भाव र भाईचारा कायम गर्ने उल्लेख गर्नुभयो । बोहराले तिजलाई मौलिक, धार्मिक र सास्कृतिक तवरले मनाउन आवश्यक रहेकोमा जोड दिनुभयो । यस्तै अर्का बिशिस्ट अथिती मंगलसेन नगर उपप्रमुख सरिता उपाध्यायले हरितालिका तिज महिलाहरुका लागि महत्वपुर्ण भएको बताउनुभयो । रेडियोहरुले यसरी सदभावपुर्ण तिज कार्यक्रम गरेर राम्रो काम गरेको भन्दै प्रशङ्सा गर्नुभयो । 

यस्तै कार्यक्रमका बिशिष्ट अतिथी अछामका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले पनी बिशेषतः महिला दिदिबहिनीहरुको महान पर्व हरितालिका तिजको अवसरमा सम्पूर्णमा शुभकामना ब्याक्त गर्दै यस्ता कार्यक्रमले आपसी सदभाव कायम गर्न मद्धत पुग्ने बिश्वास ब्याक्त गर्नुभयो । कार्यक्रममा निमित्त महिला विकास अधिकृत मञ्जु महत, मंगलसेन नगरपालिका वडानम्वर ६ का अध्यक्ष जनकराज भण्डारीले मन्तब्य राख्नुभएको थियो । 

कार्यक्रममा वडानम्वर ३ का अध्यक्ष पदम सिंह भाट, नगर कार्यपालिका सदस्य भावना बिक, वडा सदस्यहरु, नेपाल कम्यूनिष्ट पार्टीका टंकप्रसाद भण्डारी, मंगलसेन नगरपालिका स्वास्थ्य शाखा संयोजक चन्द्रप्रसाद ढुंगाना, पत्रकार महाँसंघका सचिव होम बहादुर साउद लगायत अतिथी रहनुभएको थियो । कार्यक्रममा मंगलसेन नगरपालिका वडानम्वर ६, ७ र ५ का महिला तथा सरोकारवालाहरुले तिजगीतमा नृत्य प्रस्तुती राखेका थिए । 

रेडियो रामारोशनका समाचार प्रमुख कमल रावलले स्वागत मन्तब्य राख्नुभएको उक्त कार्यक्रमको सञ्चालन रेडियो अछामका प्रमुख टेक बहादुर थापा, रेडियो रामारोशनका पवित्रा खड्का र शँकर थापाले गर्नुभएको थियो । 

यसैबिच आज जिल्लाको रामारोशन गाउपालिका सहीत वडा नम्बर ७ सुतार, ढकारी गाउपालिका वडा नम्बर २ हिच्मा सहीत जिल्ला भरि तिज बिशेष कार्यक्रम भब्यताका साथ मनाईएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश