२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मुसीकोट–रुकुमकोट खण्ड पुनः सञ्चालन

२७ भाद्र २०७५, बुधबार १७:५५

भदौ २७, पश्चिम रुकुम | वर्खा लागेसँगै विभिन्न ठाउँमा पहिरो झर्दा रुकुम पश्चिममा अवरुद्ध मध्यपहाडी लोकमार्गको मुसीकोट–रुकुमकोट खण्ड मर्मत पछि सञ्चालनमा भएको छ । रुकुम पूर्वको सिस्ने गाउँपालिका– ६ का विभिन्न स्थानमा झरेको पहिरो र हिलाम्मे सडक सफा गरेपछि रुकुम(पश्चिम)को मुसीकोट र रुकुम पूर्वको रुकुमकोट जोड्ने सडकखण्ड आजदेखि सुचारु भएको हो ।

केही दिनदेखि वर्षा हुने क्रम रोकिएपछि सिस्ने गाउँपालिकाको पहलमा गाउँपालिकाको डोजर र टिपर तथा मध्यपहाडी लोकमार्ग निर्माणको जिम्मा पाएको कालिका कन्स्ट्रक्सनको दोजर प्रयोग गरेर अवरुद्ध सडक खुलाइएको सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले बताए । यसअघि पनि पटक पटक पहिरो हटाएर यातायात सेवा सञ्चालन गर्ने गरिएकामा अविरल वर्षाका कारण पुनः पहिरो झरेर अवरुद्ध हुने गरेको थियो । तर अब भने वर्षा कम भैसकेकाले मुसीकोट–रुकुमकोट यातायात सेवा नियमित हुने विश्वास गरिएको छ ।

रुकुम(पश्चिम) र (पूर्व) दुई जिल्लालाई जोड्ने यस सडकखण्डको ठाउँ ठाउँमा वर्खाभर पहिरो झर्ने समस्याका कारण यातायात सेवा अवरुद्ध हुँदा हजारौं यात्रुले सास्ती भोगेका छन् । सिस्ने गाउँपालिका– ६ का विभिन्न ठाउँमा मध्यपहाडी लोकमार्गको दोहोरो कटिङ भैरहेका कारण यो वर्ष यात्रुहरुले बढी नै सास्ती भोगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट