८ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्मला हत्याको विरोधमा कांग्रेसद्वारा संसद बैठक अवरुद्ध

२८ भाद्र २०७५, बिहीबार ०६:१७

भदौ २८, काठमाडौँ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार तथा हत्याको बिरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद बैठक अवरुद्द पारेको छ ।

सरकारले जवाफ नदिएसम्म संसद बैठक चल्न नदिने भन्दै काँग्रेसले बिहिबारको बैठक अवरुद्ध गरेको हुन् ।

बैठक शुरु भएलगत्तै काँग्रेस सांसद दिलेन्द्रप्रसाद बढुले निर्मला पन्त बलात्कार प्रकरणमा राज्यबाट वास्तविक दोषी लुकाउने प्रयत्न भएकोमा गम्भिर ध्यानाकर्षण भएको बताए ।

उनले भने, ‘निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरण जटिल र रहस्यमय बन्दै गएको छ । एकपछि अर्को अनुसन्धान टोली परिवर्तन भइरहेको छ । तर, वास्तविक दोषी पत्ता लगाउनेभन्दा पनि समग्र राज्य संयन्त्र ढाकछोपमा केन्द्रीत भएको देखिन्छ ।’

उनले उपसचिव तथा छानविन समितिका सदस्य वीरेन्द्र केसीले अनुसन्धान टोलीबाट राजीनामा दिनुले पनि अनुसन्धान प्रक्रियामा गम्भिर प्रश्न उठेको बताए ।

‘केसीले भन्नुभएको शक्तिशाली अपराधी को ?,’ उनले प्रश्न गरे, ‘नेपाल सरकारको उपसचिव जस्तो व्यक्तिले जीवनरक्षाको लागि संयुक्त राष्ट्र संघ र नागरिक समाजलाई गुहार्नु पर्ने अवस्था कसरी आयो ?’

यो राज्य अन्य कुनै शक्तिले त चलाइरहेको छैन भन्दै उनले सरकारसमक्ष प्रश्न पनि गरे ।

त्यस्तै, तरुण दल रोल्पाका अध्यक्ष रोहित पुन हत्याको दोषीलाई पनि सरकारले पत्ता लगाउन नसकेकोमा गम्भिर ध्यानाकर्षण गराए ।

यसको साथै खोजतलास साप्ताहिकका सम्पादक राजु वस्नेतलाई बिना कारण पक्राउ गर्नु प्रेस स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप भएको उनले जिकिर गरे ।

बडुले यी गम्भिर प्रश्नहरुबारे सरकारले जवाफ नदिएसम्म संसद चल्न नसक्ने बताए ।

जवाफमा सभामुख कृष्णबहादुर महराले यसमा ध्यानाकर्षण भएको र उपयुक्त समयमा सरकारबाट तुरुन्तै जवाफ आउने बताए ।

यसका बावजुद काँग्रेस सांसदहरुले विराधे जारी गरेपछि बैठक १० मिनेटका लागि स्थगित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत ठगीको अभियोगमा पक्राउ उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार राष्ट्रपतिसँग बिदाइ भेट पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ जेन्जी आन्दोलनका शहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना बालेनलाई प्रधानमन्त्री बनाउने छलफलमा प्रवेश गरेका छैनौँ : रवि लामिछाने कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने मन्त्रीद्वयद्वारा नेपाली कांग्रेसको कार्यालय निरीक्षण ‘राष्ट्रिय सुरक्षाका लागि’ ग्रिनल्यान्ड चाहिन्छ : ट्रम्प काठमाडौँको तापक्रम आज यस वर्षकै कम नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल दुई नाबालकसहित ११ कैदीबन्दी पक्राउ मदुरोमाथि ट्रम्पको दबाब महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा