२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्मला हत्याको विरोधमा कांग्रेसद्वारा संसद बैठक अवरुद्ध

२०७५, २८ भाद्र बिहीबार ०६:१७

भदौ २८, काठमाडौँ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार तथा हत्याको बिरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद बैठक अवरुद्द पारेको छ ।

सरकारले जवाफ नदिएसम्म संसद बैठक चल्न नदिने भन्दै काँग्रेसले बिहिबारको बैठक अवरुद्ध गरेको हुन् ।

बैठक शुरु भएलगत्तै काँग्रेस सांसद दिलेन्द्रप्रसाद बढुले निर्मला पन्त बलात्कार प्रकरणमा राज्यबाट वास्तविक दोषी लुकाउने प्रयत्न भएकोमा गम्भिर ध्यानाकर्षण भएको बताए ।

उनले भने, ‘निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरण जटिल र रहस्यमय बन्दै गएको छ । एकपछि अर्को अनुसन्धान टोली परिवर्तन भइरहेको छ । तर, वास्तविक दोषी पत्ता लगाउनेभन्दा पनि समग्र राज्य संयन्त्र ढाकछोपमा केन्द्रीत भएको देखिन्छ ।’

उनले उपसचिव तथा छानविन समितिका सदस्य वीरेन्द्र केसीले अनुसन्धान टोलीबाट राजीनामा दिनुले पनि अनुसन्धान प्रक्रियामा गम्भिर प्रश्न उठेको बताए ।

‘केसीले भन्नुभएको शक्तिशाली अपराधी को ?,’ उनले प्रश्न गरे, ‘नेपाल सरकारको उपसचिव जस्तो व्यक्तिले जीवनरक्षाको लागि संयुक्त राष्ट्र संघ र नागरिक समाजलाई गुहार्नु पर्ने अवस्था कसरी आयो ?’

यो राज्य अन्य कुनै शक्तिले त चलाइरहेको छैन भन्दै उनले सरकारसमक्ष प्रश्न पनि गरे ।

त्यस्तै, तरुण दल रोल्पाका अध्यक्ष रोहित पुन हत्याको दोषीलाई पनि सरकारले पत्ता लगाउन नसकेकोमा गम्भिर ध्यानाकर्षण गराए ।

यसको साथै खोजतलास साप्ताहिकका सम्पादक राजु वस्नेतलाई बिना कारण पक्राउ गर्नु प्रेस स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप भएको उनले जिकिर गरे ।

बडुले यी गम्भिर प्रश्नहरुबारे सरकारले जवाफ नदिएसम्म संसद चल्न नसक्ने बताए ।

जवाफमा सभामुख कृष्णबहादुर महराले यसमा ध्यानाकर्षण भएको र उपयुक्त समयमा सरकारबाट तुरुन्तै जवाफ आउने बताए ।

यसका बावजुद काँग्रेस सांसदहरुले विराधे जारी गरेपछि बैठक १० मिनेटका लागि स्थगित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ