2026-07-07 12:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानन्यायाधीशमा अयोग्य ठहरिएका जोशी न्यायाधीशका लागि योग्य

2018-09-13

भदौ २८, काठमाडौं | प्रधानन्याधीशमा अस्वीकृत भएका न्यायधीश दीपकराज जोशीले मुद्दा हेर्ने जिम्मेवारी पाएका छन् । करिब एक महिनाको विदा सकेर सर्वोच्च फर्किएका जोशीको बेन्चमा नवनियुक्त प्रधानन्यायाधीस ओमप्रकाश मिश्रले तीन थान पेशी तोकेका हुन् । 

जोशी एक महिना लामो बिदा सकिएपछि सोमबार सर्वोच्च अदालतमा फर्किएका थिए । उनलाई दुई दिनसम्म पेशी नतोकिएको अवस्थमा प्रधानन्याधिस मिश्रले बिहीबार तीनथान पेशी तोकेका हुन् । 

संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा अस्वीकृत गरेपछि विदामा बसेका जोशीले ४१ औँ दिनपछि मुद्दा हेर्ने जिम्मेवारी पाएका छन् । जोशी सर्वोच्चमा फर्किएपछि दुई दिनसम्म असहज अवस्था देखिएको थियो । तर उनी सर्वोच्चको फुलकोर्टमा पनि सहभागी भएपछि प्रधानन्याधिस मिश्रले जिम्मेवारी दिएका हुन् । 

जोशीविरुद्ध सत्तारुढ दल नेकपाले महाअभियोग लगाउन सक्ने जनाउ गरे पनि त्यसलाई बेवास्ता गर्दै उनी सर्वोच्चमा हाजिर भएपछि जिम्मेवारी पनि पाएका हुन् । 

सर्वोच्च फर्किएर आफूलाई मिश्रपछि दोस्रो वरियतामा रहेको पनि संकेत दिएका छन् । जोशीको एकल इजलाशमा सार्वजनिक सरोकारका मुद्दा र उच्च अदालतसम्बन्धी उत्प्रेषण आदेशको पेशी तोकिएको हो । 

यससँगै जोशी प्रधानन्यायाधीशमा अस्वीकृत भए पनि न्यायाधीशका लागि भने योग्य भएका छन् । जोशीलाई गत साउन १८ गते संसदीय सुनुवाइ समितिले प्रधानन्याधिसमा अस्वीकृत गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने