2026-09-14 03:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा नगर क्षेत्रलाई मदिरा निषेधित गर्न सरोकारवालाहरुसँग छलफल

सम्राट सिंह | भाद्र २८, बझाङ | जिल्लामा मदिराका कारण हत्या, महिला हिंसा, कुटपिट लगायतका घटनामा बृद्धि भएको भन्दै जयपृथ्वी नगरपालिकाले पनि आफ्नो क्षेत्रभित्रमदिरा निषेधित सम्बन्धि सरोकारवालाहरुसँग छलफल गरेको छ ।

मदिराका कारण समाजमा विकृति फैलिएको भन्दै जयपृथ्वी नगरपालिकाले आजमदिरा निषेध सम्बन्धि सरोकारवालाहरुसँग छलफल गरेको हो ।

छलफल कार्यक्रममा बोल्दै जयपृथ्वी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नरेन्द्र सिंहले मदिराका कारण जिल्लामा महिला हिंसा, कुटपिट, चोरी डकैति लगायतका जगन्य अपराधका घटनाहरु पनि मदिराका कारण नै हुने भएकाले सबै व्यापारीहरुलाई मदिरा निषेधमा सहयोग गरिदिन आग्रह गरे । यस्तै नगरपालिकावडा नम्बर ५ का वडा अध्यक्ष डम्मर बहादुर सिंहले मदिरालाई एक्कासी निषेध गर्न सम्भव नभएकाले नियन्त्रण गर्न जोड दिए । यस्तै वडा नम्बर १ मा जिल्ला सभाले निर्णय गर्नुभन्दा अगाडि नै मदिरा निषेधित वडा घोषणा भइसकेको छ । छलफलमा बहुमत सदस्यहरुले मदिरा निषेध गर्नुपर्नेमाजोड दिएकाथिए ।

मिति २०७५ भाद्र १६ गतेको जिल्ला सभाको दोस्रो बैठकले बझाङ जिल्लालाई  नै मदिरा निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरेपछि बझाङ उद्योग बाणिज्य संघले विभिन्न आन्दोलनका चरणहरु घोषणा गरेका छन ।आज नगरपालिकाको कार्यालयमा आयोजना गरेको छलफलमा उद्योग बाणिज्य संघ बझाङका कोषाध्यक्ष शिवराज बोहराले सरकारलाई राजश्व बुझाई बैधानिक तरिकाले मदिरा व्यापार गरिरहेका व्यापारीहरुलाई जानकारी नदिई एक्कासी मदिरा निषेध गर्ने निर्णय गरेकाले आपत्तीजनाएका छन । उनले जिल्ला सभाले मदिरा निषेध गर्ने निर्णय तत्काल सच्याउनमाग राखेका छन । छलफलमा उपस्थित सम्पूर्ण व्यापारीहरुले मदिरा निषेध भन्दानि नियन्त्रण तर्फ जान उपयुक्त हुने जानकारी दिएकाथिए । 

जिल्ला सभाको निर्णय कार्यान्वयनगर्दै जगपृथ्वी नगरपालिकाले पनि मदिरा व्यापारीहरुलाई जिल्लामा भित्रिएको मदिरा व्यपस्थापनगर्न जानकारी दिएको छ । 

उद्योग बाणिज्य संघ बझाङको एक टोलीजिल्ला सभाले व्यापारीहरुको हितविपरित निर्णय गरेको भन्दै अदालतको ढोका घच्घच्याउन पुवरावेदनअदालत डोटी पुगेको छ ।

जयपृथ्वी नगरपालिकाका उपमेयर जुना जाग्रीको अध्यक्षतामा भएको छलफलमा मेयर बिरेन्द्र बहादुर खडकाले पनिमदिराले जिल्लालाई हानीनोक्सानी गरेको भन्दै मदिरा निषेधितगर्न सबैको सहयोग चाहिने बताए । उनले मदिरा निषेध गरे मात्र पनि जिल्लामा हुने अपराधिक घटनामा पनिकमी आउने छ ।

आज संञ्चालन भएको छलफलमा आफुलाई अन्याय भएको भन्दै उद्योग बाणिज्य संघको टोली कानुनको बाटो घच्घच्याउन अदालत पुगेकाले अदालतको आदेश पर्खिने र अदालतको आदेश पश्चात फेरी सरोकारवालाहरुसँग छलफल गर्ने जयपृथ्वी नगरपालिकाका उपमेयर जुना जाग्रीले जानकारी दिइन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ