2026-09-14 03:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

निर्मला पन्त हत्या प्रकरण: शंकाको घेरामा निर्मलाकै मामा !

भदौ २९, काठमाडौं । निर्मला हत्या प्रकरणलाई देशभरले नियाली रहेको छ, यो अवस्थामा न्याय माग्न कञ्चनपुरबात निर्मला पन्तकि बुबा यज्ञराज पन्त र आमा दूर्गादेवी पन्त अहिले काठमाडौं आएका छन् । घटनाको बिभिन्न तरिकाले विश्लेषण हुँदै गर्दा यतिखेर निर्मलाकै आमा/बुबाले निर्मलाको शव मामाको दबावमा परेर जलाइएको भन्दै उनै माथि औंला उठाएका छन् ।

शव जलाउन दबाव दिने डोटीका तीर्थराज भण्डारीको भूमिकामाथि सत्यतथ्य छानविन हुनुपर्ने निर्मलाका पिता यज्ञराजले माग गरेका हुन् । तिर्थराज नाताले निर्मलाका मामा पर्छन । तीर्थराजले घटना भएपछि कञ्चनपुर आएर निर्मलाको शव जलाउन एसपी र सिडिओसँग मिलेर धम्कीपूर्ण दबाव दिएका थिए । 

निर्मलाका बुबा यज्ञराजले घटनाको सत्यतथ्य बुझ्नुपर्छ भन्दा तीर्थराजले बीचमा आएर लास उठाउनमा मात्र ध्यान दिएको भन्दै तीर्थराजका बारेमा यज्ञराजले पत्रकारसँग भने, ‘त्यो नेतागिरी गर्छ । त्यो अहिलेसम्म हामीलाई भेट्न आएको छैन । मैले फोन गर्दा आउँछु भन्यो, आएन । एक महिनासम्म फोन स्वीच्ड अफ भयो ।’ 

यज्ञराजका अनुसार निर्मलाको हत्यापछि परिवारजनले शव जिम्मा लिन नमानिरहेका बेला तीर्थराज अकस्मात कञ्चनपुर पुगेर सिडियो र एसपीसँग मिलेर परिवारका सदस्यहरुलाई निर्मलाको शव जिम्मा लिन र जलाउन दबाव दिएका थिए । तीर्थराज निर्मलाका सहोदर मामा भने होइनन् । तिर्थराज दूर्गादेवीकि जेठाबुबाका छोरा हुन् । यज्ञराजले तीर्थराजलाई बोलाउंदै नबोलाएको तर कंचनपुर आएर शव जलाउन ठूलो भूमिका खेलेको भन्दै उसै माथि पनि शंका उब्जिएको बताएका छन् । 

तिर्थराज त्यस अघि निर्मलाको घरमा कहिल्यै आएका थिएनन् । तर, निर्मलाको हत्यापछि परिवारजनले शव जलाउन नमानिरहेका बेला उनी अकस्मात कञ्चनपुर पुगेका थिए । त्यसो त शव जलाएर डोटी फर्किएका मामा तिर्थराज त्यसपछि पनि कंचनपुर फर्किएनन् । 

यस बिषयमा शंकाको घेरामा निर्मलाका मामा तिर्थराजले प्रहरीले भान्जीको हत्यारा पत्ता लगाउँछ भन्ने विश्वासमा शव जलाउन भूमिका खेलेको बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ