२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

मंगलसेनलाई पुर्ण सरसफाई युक्त राख्नका लागि सरोकारवालासँग छलफल

२९ भाद्र २०७५, शुक्रबार ०४:०७

कमल रावल | भदौ २८, अछाम | मंगलसेन बजारलाई पुर्ण सरसफाई युक्त राख्नका लागि सरोकारवालासँग छलफल गरिएको छ । भदौ २४ गते देखि ३० गतेसम्म चलिरहेको सरसफाई सप्ताह अन्र्तगत बजारलाई पुर्ण रुपमा सरसफाई राख्नका लागि छलफल गरिएको हो । 

मंगलसेन नगरपालिकाको आयोजनामा भएको छलफल कार्यक्रममा सहभागि जनप्रतिनीधी, सरकारी कार्यालयका प्रमुख र ब्यापारिले सबै ब्यक्तिलाई कानुन बनाएर मात्र नभई ब्याबहारमा सबैले लागु गर्नुपर्नेमा जोड् दिएका थिए । अछामको सदरमुकाम जस्तो मंगलसेन बजार सुन्दर र सफा राख्नका लागि सबै एकजुट भएर लाग्नु पर्नेमा जोड् दिएका थिए । मंगलसेन नगरपालिकाका नगर प्रमुख पदम बहादुर बोहराले छलफलको अध्यक्षता गर्दै जनप्रतीनीधी एक्लै केही नसक्ने भएकाले सबैले साथ दिनु पर्ने बताउनु भयो । 

बजार सरसफाई, मदिरा ब्याबस्थापन, बजार ब्याबस्थापन लगाएतका थुप्रै निर्णय गरिएता पनी कार्यान्वयनमा चुनौताी आएको बताउनु भयो । छलफलमा बोल्दै अछामका प्रमुख जिल्ला अधिकारि कृष्ण प्रसाद आचार्यले बजार सरसफाई कार्य स्वयंम एक ब्यक्तिको नभई सबैको भएकाले सरसफाईमा एकजुट भएर लाग्नु पर्ने बताउनु भयो । साथै गरिएका निर्णय कार्यान्वयन गर्नमा स्वंयम आफै दोषि भएकाले कार्यान्वयनमा जोड् दिनु पर्ने बताउनु भयो । मंगलसेन बजारको अब्यबस्थित पार्कीगलाई ब्याबस्थित गर्न पट्क पट्क नगरको निर्णय सहीत ताकेता गरेपनी कार्यान्वयन हुन नसकेकाले अब सोच्नु पर्ने बेला आएको बताउनु भयो । 


सो छलफलमा मंगलसेन नगरपालिका उपप्रमख सरिता उपाध्याय, प्रहरी प्रमुख डिएसपि जनक बहादुर शाही, भवानी बक्सगण अछामका कमान्डर लोकजँग कार्की, मंगलसेन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद जैसि ढुगाना, जिल्ला वन अधिकृत नारायण देब भट्राई, वडा नम्बर ३ का अध्यक्ष पदम सिह भाट, ५ का अध्यक्ष हरि प्रसाद ढुगाना लगाएत सबै ब्यापारि, संञ्चारकर्मिको सहभागिता रहेको नगरपालिकाका खरिदार नरेश बहादुर कठायतले जानकारी दिनु भयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य