२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुरमा एकैदिन दुई जना बलात्कृत, बलात्कार गर्नेहरु पक्राउ

२९ भाद्र २०७५, शुक्रबार १२:४२

भदौ २९, भक्तपुर | भक्तपुरमा एकैदिन दुई जना युवती र बालिकाको बलात्कार र बलात्कार प्रयासका दुई घटना भएका छन् । दुवै घटनाका आरोपीलाई पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको छ । 

सोह्र वर्षीया युवतीलाई कोठामै गएर बलात्कार गरेको अभियोगमा प्रहरीले चाँगुनारायण नगरपालिका– ३ बागेश्वरी घर भई हाल सूर्यविनायक वडा नं २ बालकोट रागिनीहाइट बस्ने १९ वर्षीय रञ्जीत परियारलाई पक्राउ गरेको छ । 

पीडित युवतीका परिवारले गत २७ गते बलात्कार गरेको किटानी जाहेरी दिएपछि महानगरीय प्रहरीवृत्त थिमिले परियारलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो । 

त्यसैगरी १० वर्षीया बालिकालाई जबर्जस्ती यौन सम्पर्क गर्न खोजेको अभियोगमा सप्तरी बेलिपेचना गाउँपालिका– २ घर भई हाल चाँगुनारायण नगरपालिका– २ दुवाकोट तल्लो हाइट बस्ने ६३ वर्षीय सुरेशकुमार पोखरेललाई प्रहरीले पक्राउ गरेको छ । पोखरेलले भदौ २७ गते आफ्नै स्टेशनरी पसलमा आएकी बालिकालाई पसलभित्र लगेर जबर्जस्ती यौन सम्पर्क गर्न खोजेको भन्दै किटानी जाहेरी परेपछि पोखरेललाई पक्राउ गरी महानगरीय प्रहरीवृत्त थिमिमा राखेर अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिनुभयो । दुवैपीडित बालिकाको २७ गते नै शिक्षण अस्पताल महाराजगञ्जमा स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जानकारी दिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य