२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

तनहुँ बस दुर्घटना: एकको मृत्यु, पाँच घाइते

२९ भाद्र २०७५, शुक्रबार १६:४५

भदौ २९, दमौली (रासस) | चितवनको भरतपुरबाट पोखरातर्फ जाँदै गरेको ना ५ ख २ नंको बस तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा शुक्रबार दिउँसो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । 

विवाहका लागि जन्ती बोकेर जाँदै गरेको बस अनियन्त्रित भई सडकबाट करीब पाँच मिटर तल पल्टिंदा बसमा सवार चितवन निवासी १७ वर्षीय सन्देश खड्काको पोखरास्थित फिस्टेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

दुर्घटनामा चितवन भरतपुर महानगरपालिका निवासी २३ वर्षीय सरोज थापा, नवलपरासी गैडाकोट–४ निवासी २८ वर्षीया शान्ति गुरुङ, सोही ठाउँका २१ वर्षीया गङ्गा थापा, ४३ वर्षीया नरमाया थापा र ५५ वर्षीया दुर्गा पुन घाइते भएका छन् । घाइतेमध्ये सरोजको शुक्लागण्डकीस्थित सेतीगङ्गा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ भने अन्य घाइतेको पोखरास्थित गण्डकी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरुको टाउको र शरीरमा चोट लागेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य