२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विकासले नयाँ गति लिन्छः प्रचण्ड

२०७५, २९ भाद्र शुक्रबार १७:०१

भदौ २९, काठमाडौँ (रासस) | नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आर्थिक विकास र समृद्धिको एजेण्डामा राजनीतिक दलबीच समान विचार र धारणा रहेकाले आर्थिक विकासले नयाँ गति लिने विश्वास व्यक्त गर्नुभएको छ । 

कारोबार दैनिकले आज यहाँ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राजनीतिक दलबीच समान धारणा रहेकाले व्यापारी तथा व्यवसायी समूहले पनि त्यसमा सघाउनुपर्ने बताउनुभयो । 

जनतालाई आश्वस्त पार्ने गरी विकासका लागि मौलिक नीति र कार्यक्रम तय गर्दै जानुपर्ने र त्यसले मात्रै आर्थिक विकास र समृद्धिको मार्ग चित्रलाई फराकिलो बनाउन सक्ने उहाँको भनाई छ । 

अध्यक्ष दाहालले भन्नुभयो, “राजनीतिक परिवर्तको साक्षी र नेतृत्वकर्ताको हैसियतले यस पटक पनि हामी सिर्जनात्मक भएर नयाँ शुरुआत गर्न सकेनौँ भने यो देशको भविष्य के होला भन्ने चिन्ता लागेको छ ।” 

उहाँले विगतमा पञ्चायत, राजाको निरकुशता र दलहरुको कार्यशैलीलाई आरोपित गरेर जनताबाट क्षमा पाउने गरेको भए पनि अहिले हामीलाई त्यस्तो कुनै पनि आधार नभएकाले केही न केही गर्नैपर्ने बाध्यता रहेको बताउनुभयो । 

विकास र समृद्धिको अभियान शुरु गर्ने निक्कै ठूलो अवसर आएको भन्दै उहाँले यो अवसरलाई पूर्णरुपमा सदुपयोग गर्न आफूहरु क्रियाशील रहेको बताउनुभयो । 

सरकार र नेकपाले विकास र समृद्धिलाई मुख्य एजेण्डा बनाएको भन्दै उहाँले समृद्ध नेपाल र सुखी नेपालीको सङ्कल्प पूरा गर्न पनि सबैको साझा प्रयत्न जरुरी रहेको स्पष्ट पार्नुभयो । 

अध्यक्ष दाहालले भन्नुभयो, “हामीलाई भूगोग, प्रकृति, समाजले धेरै ठूलो अवसर दिएको छ । प्रकृतिले दिएको स्रोत र साधनलाई भौगोलिक र सांस्कृतिक विविधता भित्र लेखाजोखा गर्दै धनी राष्ट्रका रुपमा अगाडि बढ्ने पर्याप्त आधार दिएको छ । त्यसलाई सदुपयोग गर्नुपर्दछ ।” 

छिटोभन्दा छिटो आर्थिक विकासका लागि चीन र भारतजस्ता ठूला देशले घेरिएको भूराजनीतिक अवस्थिति विकासका लागि वरदान सावित हुनुपर्नेमा जोड दिँदै उहाँले अब दृढ इच्छा शक्ति मात्रै जरुरी रहेको बताउनुभयो । 

देशभित्रै व्यावसायिक वातावरण बनाए मात्रै वैदेशिक लगानीकर्तालाई समेत भित्र्याउन सकिने भएकाले त्यसका लागि सरकार, राजनीतिक नेतृत्व र व्यवसायी सबै लाग्नुपर्ने उहाँको कथन थियो । राजनीतिक नेतृत्वले जोखिम मोलेर भए पनि आर्थिक विकास र समृद्धिका लागि विशेष पहल गर्नुपर्नेमा अध्यक्ष दाहालको जोड थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ