२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पार्टी एकतालाई सुदृढ गराएरै छाड्छौ: प्रधानमन्त्री

२०७५, ३० भाद्र शनिबार ०६:५६

भदौ ३०, काठमाडौँ | प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकतालाई सृदृढ ढङ्गले सम्पन्न गराएर छाड्ने बताउनुभएको छ । पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानले आज पार्टी मुख्यालय धुम्बाराहीमा बोगटीको चौथाँै स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले अहिले पार्टीमा अन्तरविरोध खडा गर्ने, भाँजो हाल्ने प्रयास भइरहेको भन्दै त्यसलाई परास्त गरी पार्टी एकतालाई सुदृढ गराएर छाड्ने बताउनुभएको हो । 

उहाँले बोगटीजस्ता महान् योद्धाको सपना साकार पार्न पनि पार्टी एकतालाई निष्कर्षमा पु¥याउनु आवश्यक रहेको उल्लेख गर्नुभयो । “सानातिना कुरा, आफ्ना हित र अहंकारमा अल्झियो भने शहीदको सपना पूरा गर्न सकिँदैन” उहाँले भन्नुभयो, “शहीदका सपना पूरा गर्न पनि पार्टी एकतालाई सुदृढीकरण गर्दै मुलुकलाई समृद्धितर्फ लैजानु पर्दछ ।” 

प्रधानमन्त्री ओलीले पार्टी एकतालाई भत्काउनका लागि घुसपैठ गर्ने, अन्तरविरोध चर्काउने र दुई अध्यक्षबीच भाँजो हाल्ने प्रयास भइरहेकाले यसबाट सचेत हुनुपर्नेसमेत बताउनुभयो । 

“देशभित्र र बाहिर कतिपय शक्ति ‘के निहँु पाउँ कनिका बुकाउँ’ भनेर लागिरहेका छन्, हामीबीच अन्तरविरोध चर्काउन खोजिरहेका छन्” उहाँले भन्नुभयो, “हामी त्यस्ता अन्तरविरोधलाई चिर्दै प्रतिक्रियावादीका हमलालाई जवाफ दिँदै पार्टी एकतालाई टुङ्गोमा पुर्याउछौँ ।” 

उहाँले कम्युनिष्ट आन्दोलनलाई मदन भण्डारीदेखि पोष्टबहादुर बोगटीका मार्गमा हिँडाएर जनताका आकांक्षा पूरा गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । “जुन किसिमको समाजवाद स्थापना गर्ने उहाँहरुले सपना देख्नुभएको थियो । त्यो सपना हामी पूरा गर्ने छौँ” प्रधानमन्त्रीले भन्नुभयो । 

सुखी नेपाली र समृद्ध नेपाल सबैको चाहना भएकाले त्यसलाई पूरा गर्न कम्युनिष्ट आन्दोलन एकढिक्का भएको भन्दै उहाँले अब यो एकता कहिल्यै विभाजित नहुने पनि बताउनुभयो । उहाँले लोकतन्त्रलाई सुदृढ पार्दै देशमा भ्रष्टाचार निमूल पार्ने अभियानमा सरकार लागिपरेको समेत धारणा लाग्नुभयो । 

कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोगटी कम्युनिष्ट आन्दोलनको एकताको पक्षमा रहेको भन्दै यदि उहाँ जीवित भएको भए पार्टी एकतामा सबैभन्दा खुशी हुनुहुने थियो भन्नुभयो । प्रचण्डले भन्नुभयो, “उहाँको पार्टी एकताबद्ध गराउनुपर्दछ भनेर भनेका कुरालाई हामीले कदर गर्नुपर्दछ ।” 

तत्कालीन माओवादी शान्ति प्रक्रियामा आएपछिको पहिलो केन्द्रीय कमिटी बैठकमा बोगटीले नै एमालेसँगको एकता गर्नुपर्दछ भनेर सहमतिसमेत गराएको अध्यक्ष प्रचण्डले स्मरण गर्नुभयो । “त्यतिबेला बैठकमा हामीले एमालेसँग पार्टी एकता गर्ने प्रस्ताव ल्याएका थियौँ” उहाँले भन्नुभयो, “उक्त प्रस्तावलाई बैठकभित्र सहज ढङ्गले उहाँले सहमति गराउनुभएको थियो ।” 

अध्यक्ष प्रचण्डले बोगटी सरल, वैचारिक निष्ठा, कार्यकुशल र पारदर्शी ढङ्गको नेता भएको स्मरण गर्नुभयो । उहाँले आन्दोलनले धेरै नेता जन्माए पनि बोगटीजस्तो विशिष्ट क्षमता र गुण भएको नेता पाउन गाह्रो भएको बताउनुभयो । जनयुद्ध ताकादेखि शान्ति प्रक्रियामा बोगटीले खेलेको भूमिका स्मरणयोग्य भएको उहाँले उल्लेख गर्नुभयो । 

उहाँले बोगटी भएको भए अहिले हामी दुई अध्यक्षबीच कतिपय कुरामा सहमति गराउन पनि भूमिका खेल्न सक्नेसमेत बताउनुभयो । “पार्टीमा हामी दुई अध्यक्ष छाँै । हामीबीच कतिपय कुरा मिलाउन अप्ठेरो आउन सक्दछन्” उहाँले भन्नुभयो, “तर उहाँ भएको भए हामीबीचका त्यस्ता अप्ठेरालाई मिलाउन सहज भूमिका निभाउनुहुन्थ्यो ।” 

पूर्वप्रधानमन्त्री प्रचण्डले अहिले नयाँ युगमा आफूहरु प्रवेश गरेको भन्दै त्यो युगलाई सार्थक परिमाणमा पुर्यायाउन बोगटीमा भएको गुणलाई सिक्नुपर्ने धारणा राख्नुभयो । 

कार्यक्रममा स्मृति प्रतिष्ठानका अध्यक्ष हितराज पाण्डेले बोगटी पार्टीभित्र निष्ठावान् नेता भएकाले उहाँले देखाएको मार्गमा हिँडेर मुलुकलाई समृद्धितर्फ लैजानुपर्ने बताउनुभयो । 

विसं २००९ साउन ३ गते बुबा भैरवबहादुर बोगटी र आमा लेखकुमारी बोगटीको काखबाट जन्मिनुभएका बोगटीको २०७१ भदौ ३० गते बोगटीको हृदयघात र मस्तिष्कघातका कारण ६२ वर्षको उमेरमा निधन भएको थियो । तत्कालीन माओवादी केन्द्रको केन्द्रीय उपाध्यक्षसमेत रहनुभएका बोगटी ऊर्जामन्त्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री र माओवादी केन्द्रको संसदीय दलको नेतासमेत रहनुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ