२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावरले एजेन्ट राख्न नपाउने, धरौटी ३ करोड र ६ करोड !

३० भाद्र २०७५, शनिबार १४:३५

भदौ ३०, काठमाण्डौ | सरकारले म्यानपावरहरुको धरौटी बढाउने निश्चित भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विदेश कामदार पठाउने म्यानपावरलाई दुईतिर बर्गिकरण गर्दै ३ करोड र ६ करोड बनाउन संसदमा छलफलका लागि स्वीकृति दिएको हो ।

श्रम तथा रोजगार मन्त्रालयले धरौटी बढाउने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा पेश गरेको थियो । बैठकले वर्षमा ५ हजारभन्दा बढी कामदार विदेश पठाउने म्यानपावरको धरौटी नगद २ करोड र बैंक ग्यारेन्टी ४ करोड पुर्‍याउने गरि ६ करोड र ५ हजार भन्दा कम कामदार पठाउने म्यानपावरको धरौटी नगद १ करोड र बैंक ग्यारेन्टी २ करोड गरि ३ करोड पुर्याउने भएको हो ।

यस अघि म्यानपावरको धरौटी ७ लाख नगद र २३ लाख बैंक ग्यारेन्टी थियो । धेरै म्यानपावरहरु खुलेपछी सेवा भन्दा पनि नाफा कमाउने हिसावले संचालनमा आएको, विदेशमा कामदारहरुलाई धेरै समस्या पर्ने गरेको भन्दै त्यसलाई व्यवस्थित र मर्यादित बनाउन भन्दै श्रम मन्त्रालयले म्यानपावरको धरौटी बढाउने प्रस्ताव गरेको थियो ।

अब यो निर्णय संसदमा पेश भएर पारित भएमा नयाँ ब्यवस्था अनुसार म्यानपावरमा लागु हुनेछ । 

धरौटी बढाउने निर्णयपछि म्यानपावर व्यवसायीहरुमा फुट सिर्जना भएको छ । धरौटीको बिषयलाई लिएर नेकपा समर्थित म्यानपावर व्यवसायीहरु मौन छन भने कांग्रेस निकट म्यानपावर व्यवसायीहरु बिरोधमा छन् । 

वैदेशिक रोजगार व्यवसायी संघले यसअघिनै १ करोड नगद र १ करोड बैंक ग्यारेन्टी राख्नुपर्ने भन्दै श्रम मन्त्रीलाई सुझाव दिएपछि कांग्रेस निकट फोरम असन्तुष्ट बनेको थियो ।

त्यस्तै मन्त्रीपरिषद बैंककले कामदारका ब्यक्तिगत उजुरी जिल्ला प्रशासन कार्यालयले हेर्ने र म्यानपावरको एजेन्ट व्यवस्था पनि खारेज गर्ने निर्णय गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन