2026-10-28 11:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

आजै टेन्डर आव्हान र आजै गल्कोट बन्द ?

प्रेम सुनार | भदौं–३०, गुल्मी ।  सुक्रबार साँझ बाग्लुङ्गको गल्कोट नगरपालिकामा एक ब्यवसायीलाई एउटा गिरोहबाट कुटपिट गरियो । प्रहरी प्रशासनले कुटपिटमा संलग्न ६ जनालाई पक्राउ गरी कानुनी कठघरामा उभ्याएको छ । आज आईतबार गल्कोट नगरपालिकाले एउटा टेण्डर खोल्दै छ । यहि बेलामा तिनै ब्यवसायी कुटिएको विरोधमा बन्द आव्हान गरिएको छ  ।

सुक्रवार राती गल्कोटक हटियाको लोकतान्त्रिक चोकमा आफ्नै डेरामा बसेका भारतिय नागरिक रामबाबु कुमार माथी  ठुलो समुहले निर्घात कुटपिट गरेका थिए । त्यस बिरुद्ध गल्कोट उद्योग बाणिज्य संघले कुटपिट  गर्नेहरुलाई तत्काल पक्राउ गरी कानुनी कठघरमा उभ्याउन माग गरेको थियो ।

बाग्लुङ्गका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेल भन्छन–‘ सोही अनुरुप  प्रहरीले ६ जना मानिसहरु पक्राउ गरिेएको छ र अन्यलाई खोजी कार्य तिब्र परिएको छ , प्रशासनबाट कुनै कम्जोरी नभई रहेको बेला आज गल्कोट बन्द बारे मैले बुझ्न सकेको छैन । ’

गल्कोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णराज गौतमका अनुसार त्यस नगरपालिका वडा नम्वर ११ रिघाको घुसुमेखोला सिंचाई योजनाको आज १२ बजे डेण्डर आह्वानको दर्ता गरिदै छ  र २ बजे टेण्डर खोलिदै छ ।  आजै टेण्डर खोलिदै र आजै बन्द आव्हान गरिदै छ , यसलाई शुनियोजित रुपमा कुनै पक्षले कोहि छिर्न नपाओस् भन्ने नियत बोकेको आरोप पनि लगाएका छन नि ? भन्ने प्रश्नमा गलकोट नगरपालिकाका मेयर भरत शर्मा गैरेले भने–‘ यो तपाईको सुझाव हो कि टेण्डर सार्नु पर्छ भन्ने दवाव हो ? ’

होईन म सञ्चार माध्यममा आएका यस्ता आवाजहरु बारे सोध्धै छु भनेर परिचय दिई सके पछि उनले भने–‘ कुटपिट घटना अँस्ती भएको हो, जबकी टेण्डर एक महिना अघि नै खोलिएको हो । आजको बन्द र टेण्डर खोल्ने दिन किरो कराउनु र बाख्रो हराउनु भने जस्तै भएको हो । ’ यस सम्वन्धमा हामीले गल्कोट उद्योग बाणिज्य संघका अध्यक्ष बिरेन्द्र श्रेष्ठ संग पनि सोधेका थियौं ।

उनले भने–‘ भने हामीले बिज्ञप्ती मार्फत कवाडी ब्यवसायी कुटिएको विरुद्धमा विज्ञप्ती मार्फत दोषिलाई कार्बाहीको माग र प्रशासनिक निकायलाई दवाव दिएको हो तर हामीले बन्द आह्वान गरेको होईन, यहाँका केहि युवाहरुले आफै गरेका हुन । श्रेष्ठले थपे–‘ आज कै दिन उद्योग वाणिज्य संघले बन्द आह्वान गर्दा जनमानसमा नकरात्मक असर पर्ने देखेर बन्द हड्ताल नगरेका हौं , यस बिषयमा हामी अहिले बैठक बस्दैछौं । ’

त्यहाँको एउटा ठुलो जमातले टेण्डर खोल्ने दिनलाई असर पुराउने नियतका साथ बन्द आव्हान  गरिएको भन्दै विरोध जनाएको छ । विगत लामो समय देखि ठेक्का पट्टामा हैकम जमाउँदै आएको गिरोहले अरु कसैलाई छिर्न नदिने नियतका साथ कवाडी ब्यवसायीको कुटपिट र विरोधको मौका छोपेको छ । बाग्लुङ्गको एक सरकारी निकायले पनि आजको बन्द आव्हान टेण्डर संग लक्षित भएको ठोकुवा गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने एनपीएल : पोखराले ६८ रनमा तीन विकेट गुमायाे, कुशल भुर्तेल आउट पर्यटन भिसामा नेपाल आएर स्वास्थ्य शिविर सञ्चालन गर्ने दश जना विदेशी नागरिक पक्राउ श्रीमानको कुटपिटबाट ४९ वर्षीया श्रीमतीको मृत्यु, श्रीमान पक्राउ देउवा समूहको काठमाडौँ जिल्ला अधिवेशन मङ्सिर २१ गते हुने एनपीएल: सुदूरपश्चिमले टस जित्यो, पोखराले पहिले ब्याटिङ गर्ने सेयर बजारमा उच्च अंकको वृद्धि देशको स्वाधीनता रक्षाका लागि आन्दोलनको विकल्प छैन : केपी शर्मा ओली पोखरामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु ६ हजार शिक्षकको बढुवा पुनरवलोकन हुँदै जातीय विभेद र महिला हिंसा नियन्त्रणका लागि मन्त्री बादी र आईजीपी कार्कीबीच छलफल एसईई २०८४ का लागि परीक्षा आवेदन फारम खुल्यो भारी वर्षा र हिमपहिरोको जोखिम, उच्च हिमाली क्षेत्रमा नजान पर्यटकलाई आग्रह जलवायुजन्य विपद् न्यूनीकरणमा अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्य आवश्यक : मन्त्री श्रेष्ठ भारी वर्षाको जोखिमपछि स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउन निर्देशन सुर्खेतमा दाउरा प्रहारबाट एक जनाको मृत्यु, आरोपी पक्राउ सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको २ लाख ८३ हजार २०० रुपैयाँ यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य करेन्ट लागेर एकजनाको मृत्यु गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ