२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाममा दिगो शान्ती व्यवस्थापनका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न

३१ भाद्र २०७५, आईतवार ०७:४२

खम्म खत्रि | भदौ ३० अछाम । आन्तरिक मामिला तथा कानुन मन्त्रालय ७ नम्वर प्रदेशले दिगो शान्ती व्यवस्थापनको लागि अन्तरक्रिया कार्यक्रम आज अछामको मंगलसेनमा सम्पन्न गरेको छ । 

प्रदेश भित्र दिगो शान्ती व्यवस्थापन र सहजीकरण नाम दिईएको उक्त कार्यक्रम प्रदेश सरकाले वनाउन लागेको कानुनका विषयमा छलफल र सुझाव संकलन गर्न आयोजना गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालय ७ नम्वर प्रदेशका सचिव शंकर अर्यालले जानकारी दिए । कार्यक्रममा दिगो् शान्तीका लागि गर्नुपर्ने र भैरहेको अभ्यासको वारेमा उपसचिव निलमकुमार न्यौपानेले प्रस्तुती राख्नुभएको थियो । 


कार्यक्रममा प्रमुख अथितीको आसनवाट वोल्दै मंगलसेन नगरपालिकाका मेयर पदमवहादुर वोहराले मान्छेले सास रहुन्जे जनहित र जनपक्षमा काम गर्नुपर्नेमा जोड दिनु भएको छ । उहाले भन्नुभयो संसार जित्छु भनेर हिडेका कयौं सासकहरु समेत मर्दा खालि हात गएका छन् । त्यसैले मर्दा के नै लानु छ र, मान्छेले जिवित हुदा सवैको लागि सधैको लागि काम गरौं । कार्यक्रमका सहभागीहरुले कानुन निमार्ण गरिदा कला संस्कृती तथा धार्मीक कुरामा असर नपर्ने गरि निमार्ण गरिनु पर्नेमा सुझाव दिएका छन् । 

कानुनको नाममा कागजी कानुन मात्र निमार्ण गरिनु भन्दा पनी नागरिकको हितमा कानुन निमार्ण भए कार्यन्वन सहज रुपमा हुनेमा सहभागीको विश्वास छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय ७ नम्वर प्रदेशका सचिव शंकर अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा मंगलसेन नगरपालिका उपप्रमुख सरिता उपाध्याय, प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्य, नेपाल वार यसोसियशनका अछामका अध्यक्ष कृष्ण ढुगांना, पत्रकार महासंघ अछामका कार्यवहाक अध्यक्ष खम्म खत्री र गैर सरकारी संस्था महासंघ अछामका अध्यक्ष खड्ग खड्काले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा अछाम स्थित सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख प्रतिनिधी सुरक्षा निकाय सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य