2026-07-07 12:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुदूरपश्चिमलाई विकसित बनाउनुपर्छ: प्रम

2018-09-16

भदौ ३१, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिमलाई सुन्दर र विकसित बनाउनुपर्ने बताउनुभएको छ । 

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयकोसातौँ विश्वविद्यालयसभा प्रधानमन्त्री निवास बालुवाटारमा उद्घाटन गर्दै उहाँले प्राकृतिक स्रोतले भरिपूर्ण सुदूरपश्चिममा आवश्यक पर्ने कृषि, इञ्जिनीयरिङजस्ता प्राविधिक जनशक्ति आदि सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले उत्पादन गरेमा शिक्षामा एक वर्षभित्र गुणात्मक परिवर्तन हुने बताउनुभयो । 

विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री ओलीले विश्वविद्यालयका सम्बन्धमा उठेका विभिन्न गुनासाका सम्बन्धमा छानबिन गर्न दुई समिति गठन गर्नुभएको छ । विश्वविद्यालयमा समायोजन भएका आङ्गिक क्याम्पसको अवस्था बुझ्न राष्ट्रिय योजना आयोगका सदस्य उषा झाको नेतृत्वमा र आर्थिक विषयमा उठेका गुनासाका विषयमा छानबिन गर्न अर्थ मन्त्रालयका सचिवको नेतृत्वमा समिति गठन गरिएको हो । 

दुवै समितिलाई १५ दिनभित्र प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाउन निर्देशन दिइएको छ । समितिको प्रतिवेदन अध्ययन गरेर विश्वविद्यालयसभाको बैठक पुनः आयोजना गर्ने गरी स्थगन गरिएको छ । कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सुविविका सहकुलपति गिरिराजमणि पोखरेलले सुविविले प्रदेश नंं ७ मा गुणस्तरीय शिक्षा दिनुपर्ने बताउनुभयो । विश्वविद्यालयका उपकुलपति भूषण श्रेष्ठले विश्वविद्यालयलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने थलोका रूपमा विकास गरिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने