2026-07-07 12:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेकपा जनवर्गीय सङ्गठनको एकता प्रक्रिया लम्बियो

2018-09-16

भदौ ३१, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जनवर्गीय सङ्गठनको नेतृत्वमै सहमति हुन नसक्दा एकताको प्रक्रिया लम्बिएको छ । भदौ मसान्तभित्र प्रदेश, जिल्ला र जनवर्गीय सङ्गठनको एकता प्रक्रिया टुङ्ग्याउने भने पनि नेतृत्व विवादका कारण लम्बिएको हो । 

दुवै पक्षले नेतृत्वमा दाबी गरेपछि एकताका लागि गठित कार्यदलले प्रतिवेदनसमेत बुझाउन सकेको छैन । मुख्य जनवर्गीय सङ्गठन युवा, विद्यार्थी र महिलामा नेतृत्वका विवादले एकता प्रक्रिया लम्बिएको छ । 

ती सङ्गठनको एकताका लागि गठित कार्यदलले सङ्गठनको नाममा सहमति गरे पनि नेतृत्वमा सहमतिका लागि पटक–पटक बैठक बस्दा समेत टुङ्गो लगाउन सकेको छैन । 

युवा सङ्घ नेपाल र योङ कम्युनिष्ट लिग नेपाल (वाइसीएल) बीच गत शुक्रबार युवा सङ्गठनको कार्यदलमा नामका विषयमा करीब करीब सहमति भए पनि नेतृत्वका विषयमा भने सहमति नभएको वाइसीएलका अध्यक्ष रामप्रसाद सापकोटाले बताउनुभयो । युवा सङ्गठनको नेतृत्व र झण्डामा पनि विवाद छ । 

‘राष्ट्रिय युवा सङ्गठन नेपाल’ र ‘युवा सङ्गठन नेपाल’ नाममध्ये एक राख्नेमा सहमति भएको छ । वाइसीएलले ‘राष्ट्रिय युवा सङ्गठन नेपाल’ र युवा सङ्घ नेपालले ‘युवा सङ्गठन नेपाल’ प्रस्ताव गरेका छन् । 

उक्त सङ्गठनको केन्द्रीय कमिटी ३५१ सदस्यीय र स्थापना दिवस २००८ जेठ १ गते हुने कुरामा सहमति भएको छ । नेतृत्वमा वाइसीएलका अध्यक्ष सापकोटा र युवा सङ्घका अध्यक्ष रमेश पौडेलको दाबी छ । 

यसैगरी अर्को विद्यार्थीको जनवर्गीय सङ्गठनमा पनि नेतृत्वमा सहमति हुन सकेको छैन । नाममा ‘अनेरास्ववियु’ राख्ने सहमति भए पनि नेतृत्वमा विवाद हुँदै आएको छ । चारसय ९९ सदस्यीय कमिटी निर्माण गर्ने अनेरास्ववियुको नेतृत्वमा अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङ र अनेरास्ववियुका उपाध्यक्ष महेश बर्ताैला र महासचिव ऐन महरको दाबी छ । 

कार्यदलका सदस्य तामाङले नेतृत्वको विवाद पार्टी नेतृत्वलाई सुल्झाउने गरी चाँडै नै प्रतिवेदन पार्टी महासचिव विष्णुप्रसाद पौडेललाई बुझाउने बताउनुभयो । यसैगरी महिला सङ्गठनमा पनि नेतृत्वमा सहमति हुनसकेको छैन । उक्तसङ्गठनको कार्यदलकी सदस्य गोमा देवकोटाका अनुसार आज ४७५ जनाको केन्द्रीय कमिटीमा सहमति भए पनि प्रतिनिधित्वको सङ्ख्यामा भागबण्डा भने हुनसकेको छैन । नयाँ बन्ने सङ्गठनको अध्यक्षमा अनेमसङ्घ (क्रान्तिकारी) बाट अमृता थापामगर र अनेमसङ्घबाट सीता पौडेल र राधा ज्ञवालीको दाबी छ । 

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच गत जेठ ३ गते मदन–जीवराज स्मृति दिवसका दिन एकता भएसँगै तल्ला तहको एकता तीन महिनाभित्र गरिसक्ने बताइएको थियो । पहिलो पटक भदौ ५ गतेभित्र पार्टी एकता गर्ने भनिए पनि कसैले पनि प्रतिवेदन नबुझाएपछि भदौ मसान्तका लागि भाखा सारिएको थियो तर भदौ मसान्तमा पनि नेतृत्वमा विवाद आएपछि एकता प्रक्रिया असोजसम्म पुग्ने बताइएको छ । 

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार चीनको भ्रमणमा जानुअघि त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा असोज मसान्तसम्म एकता प्रक्रिया टुङ्ग्याउने बताउनुभएको छ । 

अहिलेसम्म इञ्जिनीयर र निर्माण व्यवसायीको मात्र एकता भएको छ । प्रदेश नंं १ र २ ले पनि एकताका लागि अझै प्रतिवेदन बुझाएका छैनन् । प्रेस सङ्गठन नेपाल, जनसांस्कृतिक महासङ्घ नेपालले पनि प्रतिवेदन बुझाए पनि नेतृत्वमा भने विवाद हुँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने