२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

एक्साभेटर खोलामा खस्दा चालक बेपत्ता

२०७५, ३१ भाद्र आईतवार १७:२८

भदौ ३१, म्याग्दी (रासस) | म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित नीलगिरि खोलामा आज अपराह्न एक्साभेटर खस्दा चालक बेपत्ता भएका छन् । 

नीलगिरि खोला जलविद्युत् आयोजनाको सडक निर्माणमा प्रयोग भएको बुद्ध कन्ट्रक्सनको बा२क ६००७ नंको एक्साभेटर खोलामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

सडक निर्माणस्थलदेखि करीब १०० मिटर तल खोलामा खस्दा एक्साभेटरका चालक तनहुँ भिमादका २२ वर्षीय कमल थापामगर बेपत्ता भएका प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिनुभयो । 

प्रहरी नायब उपरीक्षक बुढाका अनुसार डोजरसँगै खोलामा खसेर घाइते भएका सहचालक अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ्का १९ वर्षीय सागर पाइजालाई उपचारका लागि बेनी अस्पतालमा ल्याइएको छ । पाइजा पौडिएर खोलाबाट निस्किएका प्रत्यक्षदर्शीले बताएका छन् । 

खोलामा डुबेको अवस्थामा एक्साभेटर देखिएको र बेपत्ता चालकको खोजीमा प्रहरी, आयोजनाका कर्मचारी र स्थानीय बासिन्दा परिचालन भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना