Skip to content
Friday, July 17, 2026 Nepali Online Media

नवलपरासीको चोरमारामा रोकि राखेको ट्रकमा बोलेरो ठोक्कियो, एकको मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>असोज १, कावासोती (रासस) | पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यबिन्दु नगरपालिका–७ चोरमारास्थित जङ्गलमा रोकिराखेको ट्रकमा बोलेरो ठोक्किँदा एकको मृत्यु भएको छ ।&nbsp;<br></p><p>आज बिहान लु१च ५४६५ नंको बोलेरो राजमार्गमा बिग्रिएर रोकिराखेको ग१ख ६७२८ नंको ट्रकमा ठोक्किँदा बोलेरोमा सवार नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–४ बस्ने १७ वर्षीय मधु आलेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले बताउनुभयो ।&nbsp;</p><p>दुर्घटनामा घाइते भएका मधु आलेको उपचारको क्रममा मध्यबिन्दु सामुदायिक अस्पताल डण्डामा मृत्यु भएको प्रहरी नायब उपरीक्षक लामिछानेले बताउनुभयो । बुबा हस्तबहादुर आलेकोे उपचारका लागि अस्पताल लैजाने क्रममा छोरा मधु आलेको दुर्घटनामा ज्यान गएको हो ।&nbsp;</p>