पर्वत । नेपाल जेसीजको क्षेत्र (ख) सम्मेलनको तयारी तिब्र रुपमा चलेको छ । असोज ५ र ६ गते कुश्मामा हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको हो । कार्यक्रमको प्रचारप्रसार, मंच व्यवस्थापन देखि अन्य आवश्यक कुराहरुको व्यवस्थापन भैरहेको पर्वत जेसीजले जनाएको छ ।
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । नेपाल जेसीजको क्षेत्र (ख) सम्मेलनको तयारी तिब्र रुपमा चलेको छ । असोज ५ र ६ गते कुश्मामा हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको हो । कार्यक्रमको प्रचारप्रसार, मंच व्यवस्थापन देखि अन्य आवश्यक कुराहरुको व्यवस्थापन भैरहेको पर्वत जेसीजले जनाएको छ ।
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

नेपाल जेसीजको क्षेत्र(ख) सम्मेलनको तयारी तिब्र, जेसीजमय बन्दै पर्वतको कुश्मा बजार

२०७५, २ आश्विन मंगलवार ०३:२६

पर्वत । नेपाल जेसीजको क्षेत्र (ख) सम्मेलनको तयारी तिब्र रुपमा चलेको छ । असोज ५ र ६ गते कुश्मामा हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको हो । कार्यक्रमको प्रचारप्रसार, मंच व्यवस्थापन देखि अन्य आवश्यक कुराहरुको व्यवस्थापन भैरहेको पर्वत जेसीजले जनाएको छ ।

कार्यक्रमका देशभरका झण्डै ७ सय जेसीज पर्वतमा आउने आयोजकको दाबी रहेको छ । जिल्लाको पर्यटन प्रर्बद्धनको विकासको लागि उक्त सम्मेलन प्रभावकारी हुने आयोजकको दाबी छ ।

आयोजक पर्वत जेसीजले क्षेत्र ख अन्तरगतका झण्डै ३२ शाखाको उक्त कार्यक्रमका सहभागी हुने जनाएको छ । ‘हामीले यो सम्मेलन जिल्लाको पर्यटन विकासको लागि गरेका हौं । पर्यटन प्रर्वद्धन हुनेमा हामी पूर्ण विश्वस्त छौं’ । उक्त कार्यक्रमका संयोजक बशन्त कुमार कर्माचार्यले  सहारापाटीसँग भने ।

आर्थिक संयोजकका रुपमा रहेका विषम कुमार श्रेष्ठले झण्डै ३० लाख ५० खर्च लाग्ने अनुमान गरिएको बताए । उनले सोही बराबरको आय पनि हुने अपेक्षा जेसीजले लिएको बताए । सहभागीहरुको रजिष्ट्रेशनबाट ९ लाख ९० हजार, प्रायोजकबाट १० लाख, नेपाल जेसीजबाट सहयोग १ लाख, स्मारिका विज्ञापनबाट ३ लाख, संघसंस्थाहरुबाट सौजन्य २.५ लाख र आन्तरीक आयबाछ ३.६५ लाख उठ्ने विश्वास लिएको बताए ।

 क्लबले सो सम्मेलनमा प्रकरण गोष्ठी, वक्तृत्वकला प्रतियोगिता, स्थानीय कलाकाहरुबाट विविध सांस्कृतिक कार्यक्रम, जिल्लास्थित पर्यटकीय तथा धार्मिक स्थानको दश्यावलोकन, जिल्लाको पहिचान झल्कने झाँकी सहितको शान्ति पदयात्रा,नेर्ततव तथा व्यक्तित्व विकास तालिमहरु, नेपाल जेसीज क्षेत्र ख का शाखाध्यक्षहरुको साधारण सभा तथा बैठक, जिल्लामा उत्पादित बस्तुहरुको स्टल रहने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ