2026-09-14 02:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

नगर प्रमुख विष्टद्वारा स्थलगत निरीक्षण

असोज २, कंचनपुर | भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले नगर क्षेत्रका विभिन्न स्थानमा स्थलगत निरीक्षण गरेका छन् । भीमदत्त नगरपालिका वडा नं. ११ भुजेलामा तटबन्ध तथा वडा नं. ९ मा बाढीले धानबालीमा पुगाएको नोक्सान र ब्रह्मदेब बजार जोड्ने सडकको निरीक्षण गरेका छन् ।

स्थलगत निरीक्षणका क्रममा नगर प्रमुख विष्टले स्थानीयसित समस्याबारे जानकारी लिएर समाधानका लागि प्रतिवद्धता जनाएका छन् । भीनपा–११ भुजेलामा बाढीले भत्काएको तटबन्ध पुनः निर्माणका लागि जनताको तटबन्ध कार्यालयसित पहल गरिने बताए । 

उनले तटबन्ध निर्माणका लागि नगरपालिका कार्यालयबाट हुने सबै सहयोग गरिने प्रतिवद्धता जनाए । महाकाली नदीमा आएको बाढीले भुजेलास्थित तटबन्ध भत्काएपछि स्थानीयले पुनः निर्माणको माग गर्दै आएका छन् । भीनपा–९ मटेनामा कामिकाटे र तिलाची खोलाको बाढीले  अन्नबालीमा पुगाएको  क्षतिको निरीक्षण गरिएको छ । निरीक्षणका क्रममा नगर प्रमुख विष्टले बाढी नियन्त्रणका लागि नगरपालिका कार्यालयबाट सहयोग गरिने बताए । ‘बाढी नियन्त्रणका लागि आवश्यक पहल गर्छौ, यसका लागि संघीय र प्रदेश सरकारसम्म पहल गर्छौ’ उनले भने ।बाढीले मटेनामा ५० परिवारको धानबाली नोक्सान पुगाएको छ । नगर प्रमुख विष्टले जेसिभी लगाएर स्थानीय खतेमा थुपारिएका ढुङ्गा, बालुवा र माटो हटाइने बताए ।यसैगरी नगर प्रमुख विष्टले ब्रह्मदेब बजार जोड्ने सडकको निरीक्षण गरी नगरपालिकाबाट कालोपत्रे गरिने बताए ।

टनकपुर बाँध पूर्वको क्षेत्रमा भारतले एकलौटी रुपमा नेपाली भूमिमा सडक कालोपेत्र गर्न थालेपछि केही महिना अघि विवाद भएको थियो । त्यसपछि भारतले नेपाली भूमिमा सडक कालोपत्रे निर्माण कार्य रोक्का गरेको थियो । नगर प्रमुख विष्टले भारतले एकलौटी रुपमा नेपाली भूमिमा सडक निर्माण गरिएको सडक निर्माण कार्य रोक्न पहल गरेका थिए । तत्कालिन प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्कासित समन्वय पहल गरिएपछि सडक निर्माण रोकिएको थियो । ‘भारतले हाम्रो भूमिमा सडक बनाउन कुनै पनि हालतमा स्वीकार्य हुँदैन, त्यो बेला प्रशासन र प्रहरी सबैसित पहल गरी निर्माण रोकिएको थियो’ उनले भने,’ उनले भने,‘अब नेपाली भूमिको सडक नगरपालिका कालोपत्रे गर्छ, त्यसका लागि म आवश्यक प्रक्रिया अघि बढाउँछु ।’

प्रदेश सरकारले ब्रह्मदेब बजारलाई नमूना सहर बनाउन घोषणा गरेकाले त्यसका लागि नगरपालिका आवश्यक सहयोग गर्न तयार भएको नगर प्रमुख विष्टले बताए । प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा ब्रह्मदेबलाई नमूना सहर बनाउन आवश्यक प्रक्रिया सुरु गर्न बजेट विनियोजन गरेको छ । भीमदत्त नगरपालिकालाई सबै वडालाई एक आपशमा जोड्न चक्रपथ निर्माण थालिएको उल्लेख गर्र्दै नगर प्रमुख विष्टले भने, ‘समृद्ध भीमदत्तको नारा सार्थक बनाउन सबै नगरवासीको आवश्यक छ ।’

भीनपा–१ रौटेलाबाट चक्रपथ निर्माण सुरु गरिएको छ । जैविक मार्गलाई ब्रह्मदेबबाट गड्डाचौकी हुँदै झोलुङ्गे पुलसम्म विस्तार गरिने नगर प्रमुख विष्टले बताए । स्थलगत निरीक्षमा नगर प्रमुख विष्ट सहित वडा नं. १५ का अध्यक्ष भीम बहादुर शाहु, वडा नं. १८ का अध्यक्ष एवम् नगर प्रवक्ता राजेन्द्र पाण्डेय, वडा नं. ९ का अध्यक्ष राम नाथ लगायत जनप्रतिनिधि सहभागी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ