2026-09-14 02:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कविता हत्याकाण्डबारे प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाए

भाष्कर के.सी | आश्विन २, कञ्चनपुर | कञ्चनपुरको महाकाली नदिपारी महाकाली नगरपालिका वडा ७ मा भदौ १३ गते झुण्डिएर मृत्यु भएको भनिएकी वर्ष १६ कि कविता बुढागर (ठगुन्ना)को आफन्त र स्थानिय वासीले उनको मृत्यु आत्महत्या नभई हत्या भएको भनि २० दिन देखि आन्दोलन गर्दै आईरहेका छन् ।  

सोही क्रममा आज मृतकका आफन्त र स्थानिय वासीले कञ्चनपुर जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाई पत्रकार सम्मेलन गरेका छन् । 

घटनाको दिन कुनै मानसिक तनाव नभएको उनले आफ्नो मोबाइलबाट फोन गरेर आफन्तहरुलाई तिजको शुभकामना समेत दिएको आफुले प्रयोग गर्ने श्रृगारको समान समेत र मासु समेत खरिद गरी ल्याएको मासु साईकलको टोकरीमै राखी आत्महत्या गर्न जानु कुनै कारण नदेखिएको नेपाल आदिवासिका जिल्ला अध्यक्ष होम बहादुर थापा मगरले बताउनु भयो ।

छोरा र कविताको माया प्रेम बसेको थाहा पाएपछि केटाका बुवा हरक सिह ठगुन्नाले कविताको घरमा गई पटक पटक धमकाएको हाम्रो जात नमिल्ने हुनाले जवरजस्ती विवाह गरेमा कवितालाई वुहारी नमान्ने र कुनै पनि घटना घट्न सक्ने भन्दै कविताको आमालाई भनेका थिए ।

छोरीलाई ठगुन्ना सँग विवाह नगर्न आमाले मिना बुढाले पटक पटक आग्रह गरेपनि उनले जवरजस्ती १९ वर्षिय विनोद ठगुन्ना सगँ २०७५ बैशाख १० गते घर बाट भागेकि थिइन् । दुवैलाई केटाको बुवाले प्रहरीमा पक्राए पनि समाज र स्थानियको दवावमा वुहारी स्विकार्ने बताएर घर लगेका थिए । 

शरीर भरी निलडाम भएको र कानदेखि खुन आएको छ । १५ गते सदगद गरेको र १५ गतै नै किटानी जाहेरी दिएको हरक सिह ठगुन्ना, सजय बुढाथोकी र तुलसी ठगुन्ना लाई प्रहरीमा नियन्त्रण लिई थप अनुसन्धान भई रहेको छ ।

कविता न्यायीक आन्दोलन संघर्ष समितिका अनुसार प्रहरी नरेन्द्र बहादुर चन्दले दोषीलाई बचाउन खोजेको हुनाले ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक चन्दलाई तत्काल उक्त घट्नाको अनुसन्धानबाट हटाइ नयाँ अनुसन्धान टोली गठन गर्नु पर्ने अन्यथा आफुहरुले महाकाली नगरपालिकामा  ३ गते सिटी जुलुस, ४ गते विद्यार्थीको सहभागितामा र्याली, ५ गते सरकारी कार्यालय बन्द, ६ गते झुलुङ्गे पुल बन्द लगायतका कार्यक्रम गरिने बताएका छन् ।

उनि सगै कक्षा १० सम्म पढेकी १७ वर्षे प्रियंका जैसीले भनिन् हामी धेरै मिलने साथी हौ । पहिले पनि कविताका ससुराले कुनै पनि हालतमा कवितालाई बुहारी नबनाउने र छोराले बुहारी बनाए आफै मारी दिन्छु भनेका थिए । त्यस दिन (१३ गते) पनि हाम्रो भेट भएको थियो पहिले जस्तै कुरा गरेकी थिईन, सासु, ससुराले आफुलाई यातना दिईरहेको बताईन साथै भागेर विवाह नर्गन पनि सल्लाह दिएको जैसीले बताइन । 

प्रहरीले घटनाको छानविनमा कुनै पनि लापरवाही नभएको र पोष्टमार्टम रिपोर्टमा पनि झुणिएर आत्महत्या गरेको रिपोर्ट आएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक चन्दले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ