२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारमा सरकारी संयन्त्र मार्फत कामदार आपूर्ति व्यवस्था मिलाउन मन्त्री विष्टको पस्ताव

२ आश्विन २०७५, मंगलवार १३:२०

असोज २,काठमाडौं। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सरकारी संयन्त्र तयार गरी सोही माध्यमबाट कामदारको छनौट र आपूर्तिको व्यवस्था गर्न नेपालका लागि कतारी राजदुत युसुफ बिन मोहमद अल हेललाई आग्रह गरेका छन् । श्रम मन्त्रालयमा आज भएको भेटमा मन्त्री विष्टले दुई देश विच सरकारी संयन्त्र तयार गरि कामदार आपूर्ति व्यवस्था सहज बनाउनुपर्नेमा जोड दिएका हुन् ।

मन्त्री विष्टले कतारमा कामदारहरु शून्य लागतमा पठाउने व्यवस्था गरि नेपाली श्रमिकहरुलाई २४ सै घण्टाको कभरेज हुनेगरी बीमा सुविधा उपलब्ध गराउनुपर्ने जोड दिएका छन् । यसका लागि नेपालको तर्फवाट एउटा प्राविधिक टोली कतार पठाउने र त्यसको लागि कतार सरकारको आवश्यक सहयोग रहने अपेक्षा व्यक्त गरे । 

भेटका अवसरमा नेपाल र कतारबीचको श्रम सम्बन्धका विविध विषय तथा कतारमा नेपाली श्रमिकका लागि रोजगारीका अवसर र संभावना बारे विस्तृत छलफल भएको छ । उक्त अवसरमा कतारमा नेपाली श्रमिकको न्यूनतम वेतन वृद्धि, कामदारहरुको वीमा लगायत सामाजिक सुरक्षा र कामदारले पाउने सेवा, सुविधाको सुनिश्चितता एवं व्यावसायजन्य स्वास्थ्य तथा सुरक्षाको विषयमा केन्द्रित भएको श्रम मन्त्रालयले जनाएको छ । आगामी दिनमा दुई देशबीच उच्च स्तरीय सम्झौता गरी श्रमिक आदानप्रदान गर्ने कार्यलाई थप व्यवस्थित र मर्यादित बनाउने सन्दर्भमा छलफल केन्द्रित भएको मन्त्रालयले जनाएको छ ।

भेटकै अवसरमा महामहिम राजदुतले कामदारको शून्य लागतको विषयमा कतार सरकार सकारात्मक रहेको, सामाजिक सुरक्षाको विषय उपयुक्त रहेको बताएका छन् । कतारमा घरेलु कामदारको अत्याधिक माग रहेकोले हाल रोक्का रहेको घरेलु कामदारको आपूर्तिलाई सहज गराउन मन्त्री विष्टको ध्यानाकर्षण गराएका छन् । राजदुत हेलले कामदारको सुरक्षाको विषयमा कतार सरकार जिम्मेवारीपूर्वक अघि बढ्ने बताए । 

कतारमा कुन प्रकारको जनशक्ति आवश्यक छ सोही प्रकारको जनशक्ति विकास गरी पठाउन नेपाल सरकार तयार रहेको बताए । कुनै पनि म्यानपावर कम्पनीबाट कामदार ठगीन नपाउने गरी कतार सरकार र नेपाल सरकार वीच नयाँ ढंगाले श्रम सम्झौता गरी कार्य अघि बढाउनु पर्नेमा मन्त्री विष्टले जोड दिए । साथै मन्त्री विष्टले कतारमा नेपाली श्रमिकले पाउँदै आएको पारिश्रमिकलाई समयानुकूल वृद्धि गर्न अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट