२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारसँग शून्य लागतमा कामदार आपूर्ति गराउन आग्रह

२ आश्विन २०७५, मंगलवार १६:४७

असोज २, काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारी संयन्त्र तयार गरी शून्य लागतमा कामदारको छनोट र आपूर्तिको व्यवस्था मिलाउन कतारसँग आग्रह गर्नुभएको छ । 

आज मन्त्रालयमा भएको मन्त्री विष्ट र नेपालका लागि कतारका राजदूत महमद युशुफबीचको भेटमा उहाँले कतारमा कार्यतर नेपाली कामदारलाई २४सै घन्टा बीमाको सुविधा उपलब्ध गराउनुपर्नेमा जोड दिनुभएको थियो । उहाँले नेपाली कामदारको विषयमा छलफल गर्न नेपालको तर्फबाट एउटा प्राविधिक टोली कतार पठाउने र त्यसको लागि कतार सरकारको आवश्यक सहयोग रहने अपेक्षा गर्नुभएको मन्त्रालयले जनाएको छ । 

भेटका अवसरमा उहाँहरुबीच नेपाल र कतारबीचको श्रम सम्बन्धका विविध विषय तथा कतारमा नेपाली श्रमिकका लागि रोजगारीका अवसर र सम्भावनाबारे विस्तृत छलफल भएको थियो । 

कतारमा नेपाली श्रमिकको न्यूनतम वेतन वृद्धि, कामदारको बीमालगायत सामाजिक सुरक्षा र कामदारले पाउने सेवा, सुविधाको सुनिश्चितता एवं व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षाको विषयमा र आगामी दिनमा दुई देशबीच उच्चस्तरीय सम्झौता गरी श्रमिक आदानप्रदान गर्ने कार्यलाई थप व्यवस्थित र मर्यादित बनाउने सन्दर्भमासमेत उहाँहरुबीच छलफल भएको मन्त्रालयले जनाएको छ । 

माथिको तश्विरमा: श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग सिंहदरवारस्थित मन्त्रालयमा मंगलबार शिष्टाचार भेटवार्ता गर्दै नेपालका लागि कतारका राजदूत महमद युशुफ । साथमा मन्त्रालयका सचिव महेशप्रसाद दहाल । तस्बिर सौजन्यः श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय 

सो क्रममा मन्त्री विष्टले कतारमा कुन प्रकारको जनशक्ति आवश्यक छ सोही प्रकारको जनशक्ति विकास गरी पठाउन नेपाल सरकार तयार रहेको दोहोर्यानुभएको थियो । उहाँले कुनै पनि म्यानपावर कम्पनीबाट कामदार ठगीन नपाउने गरी नेपाल र कतारबीच नयाँ ढङ्गाले श्रम सम्झौता गरी कार्य अघि बढाउनुपर्ने बताउनुभएको थियो । 

भेटका क्रममा राजदूत युशुफले शून्य लागतमा कामदार आपूर्ति गर्ने विषयमा कतार सरकार सकारात्मक रहेको बताउनुभएको थियो । उहाँले सामाजिक सुरक्षाको विषय उपयुक्त रहेको र कतारमा घरेलु कामदारको अत्याधिक माग रहेकाले हाल रोक्का रहेको घरेलु कामदारको आपूर्तिलाई सहज गराउने नेपाल सरकारलाई आग्रह गर्नुभएको थियो । राजदूत युशुफले नेपाली कामदारको सुरक्षाको विषयमा कतार सरकारले जिम्मेवारीपूर्वक अघि बढ्ने बताउनुभएको मन्त्रालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य