2026-09-15 04:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

उपभोक्ता मञ्च पर्वतमा नयाँ नेतृत्व चयन, सबै स्थानीय तहमा संयोजक तोकिए

पर्वत, ३ असोज,
आम उपभोक्ताको हक, हित र अधिकारको लागी बिगत डेढ दशकदेखी पर्वतमा क्रियाशिल उपभोक्ता मञ्च नेपालको भेला कुश्मामा सम्पन्न भएको छ । भेलाले सूर्यप्रकाश पौडेल लाई पुनः अध्यक्षमा चयन गरेको छ ।

मञ्चको उपाध्यक्षमा यमबहादुर बिश्वकर्मा, सचिवमा भवानीप्रसाद शर्मा, कोषाध्यक्षमा ठाकुर रसाईली र सह–सचिवमा महेन्द्र केसीलाई चयन गरेको छ । त्यसैगरी मञ्चको सदस्यमा क्रमशः अधिबक्ता यज्ञबहादुर थापा, याम परियार ‘शिव’, हरि न्यौपाने र बिष्णु गौतमलाई चयन गरेको छ ।

भेलाले बरिष्ठ अधिक्ता गणेशबहादुर कुँवर र गंगाराज पौडेललाई मञ्चको सल्लाहकारमा चयन गरेको छ ।

उक्त भेलाले पर्वत जिल्लाका प्रत्येक नगरपालीका र गाउँपालीकामा प्रतिनिधित्व हुने गरि संयोजकहरुको जिम्मेवारी प्रदान गरिएको उपभोक्ता मञ्च पर्वतले जनाएको छ । मञ्चका अनुसार कुश्मा नगरपालीकामा यमवहादुर बि.क. र फलेवास नगरपालीकामा याम परियार ‘शिव’, लाई संयोजकको जिम्मेवारी प्रदान गरेको छ ।

त्यसैगरी मोदी गाउँपालीकामा महेन्द्र के.सी., जलजला गाउँपालीकामा अधिबक्ता यज्ञबहादुर थापा, बिहादी गाउँपालीकामा हरि न्यौपाने, पैयूँ गाउँपालीकामा दुर्गा थापा र महाशिला गाउँपालीकामा ठाकुर रसाईली लाई समेत संयोजकको जिम्मेवारी प्रदान गरेको छ ।

भेलाले यसै बर्ष भित्र पर्वत जिल्ला भित्रका प्रत्येक नगरपालीका र गाउँपालीका अन्र्तगतका वार्डमा १÷१ जना संयोजक तोकी गाउँ र नगरस्तरिय उपभोक्ता मञ्चको निर्माण गरी स्थानीयस्तरमा उत्पादन तथा बिक्रि हुने कमसल गुणस्तरहिन उपभोग्य बस्तु एवं अन्य सामाग्रीको बिक्रि बितरणमा रोक्नुको साथै आम उपभोक्ताको अधिकारको लागी सचेतना कार्यक्रम संचालन गर्ने निर्णय समेत गरेको छ ।

भेलाले आम उपभोक्ताहरुमा जनचेतना निर्माण गर्नुको साथै उनीहरुको हक र अधिकारलाई पूर्ण रुपमा सुनिश्चीत गर्नको लागी मञ्चले प्रकाशन गर्दै आएको ‘उपभोक्ता सचेतना’ नामक मुखपत्रलाई निरन्तरता दिनको लागी प्रकाशन समिति समेत गठन गरेको छ ।

भेलाले नेपालीहरुको महान चाड बिजया दशमी तथा शुभ दिपावलीको बेला बिक्री बितरण हुने अखाद्य, बिशाक्त र गुणस्तरहिन सामानहरु खरिद बिक्रिमा सचेत रहन र स्वास्थ्यमा ध्यानदिनको लागी आम उपभोक्ता बर्गमा अनुरोध समेत गरेको मञ्चका सचिव भवानीप्रसाद शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ