2026-06-17 12:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा विषाक्त रक्सीका कारण ज्यान गुमाउने र बिरामी हुने नेपालीको नाम खुल्यो (नामावलीसहित)

2018-09-19

असोज ३, काठमाडौं | मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु भएका ६ जना नेपालीको पहिचान खुलेको छ । 

क्वालालाम्पुरस्थित नेपाली दूतावासले केही समयअघि प्रेस विज्ञप्ती जारी गर्दै मृतक र बिरामी परेका नेपालीहरूको नाम सार्वजनिक गरेको हो ।

नेपाली दूतावासले जारी गरेको विज्ञप्तिका मृत्यु हुनेमा धादिङ बसेरीका मिमबहादुर घले, रुपन्देही मसिनाका रामकुमार यादव, डडेल्धुरा अमरगढीका विशाल बुढाथोकी, सुनसरी पश्चिम कुसाहाका सञ्जय उराव र इलाम सिद्धिथुम्काका बलबहादुर कुलुङ रहेका छन् । यस्तै अर्का मृतक आइतसिंह गोलेको भने जिल्ल यकिन हुन सकेको छैन ।

विषाक्त मदिरा सेवनबाट बिरामी भएका १६ जना नेपालीको पनि पहिचान खुलेको र उनीहरूमध्ये चारजना डिस्चार्ज भइसकेको क्वालालाम्पुरस्थित नेपाली दूतावासले जनाएको छ ।

मलेसियाको सेलांगोर राज्यका विभिन्न स्थानमा विषाक्त मदिरा सेवन गर्दा नेपालीहरू बिरामी परेको खबर आएपछि मलेसियाका लागि नेपाली राजदूत कुमारराज खरेलका अस्पताल पुगेका थिए ।

मृत्यु हुनेको पोष्टमार्टम रिपोर्ट आउँन बाँकी रहेको दूतावासले जनाएको छ । विषाक्त मदिराको विषयमा मलेसियन प्रहरीले अनुसन्धान गरिरहेको छ ।

मलेसियामा रहेका नेपालीहरूलाई स्वास्थ्य र सुरक्षामा सतर्क रहन समेत दूतावासले आह्वान गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ