२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

घाईते बालकलाई नगद सहयोग

४ आश्विन २०७५, बिहीबार १५:४४

रेशमराज रोकाया | असोज ४, हुम्ला | गएको भाद्र ३० गते हुम्लाको चंखेली गाउँपालिका वडा नं. ५ नेप्कामा सुख्खा पहिरोमा परी घाईते भएका बालकको उपचारको लागि नगद सहयोग सुरु भएको छ । कर्णाली प्रदेशको पारिवारिक निजी वन संघका संयोजक गोविन्द शाहीले र सह संयोजक विनोद शाहीको तर्फबाट नगद १० हजार सहयोग गरी सहयोगको सुरुवात गर्नु भएको छ । सहयोग रकम बालक उपचार भईरहेको नेपालगञ्ज मेडिकल कलेज, बाँकेमा नै गएर बालकका बुबा पेमाछिरिङ्ग तामाङ्गलाई वडाध्यक्ष भैरब बहादुर तामाङ्ग को रोहबरमा गरिएको संयोजक गोविन्द शाहीले बताउनु भयो ।

घाईते भएका वर्ष १२ का युकेश तामाङ्गको टाउकोमा गहिरो चोट लागेको छ । घरको आर्थिक स्थिती न्यून रहेको कारण उपचारमा समस्या भएको थाहा पाए पछि पारिवारिक निजी वन संघको तर्फबाट सहयोग गरिएको सह संयोजक विनोद शाहीले बताउनु भयो  । सहयोग रकम चंखेली गाउँपालिका वडा नंं. ५ का अध्यक्ष भैरब बहादुर तामाङ्गको रोहबरमा हस्तान्तरण गरिएको थियो । हाल घाईते युकेश तामाङ्गको उपचार नेपालगञ्ज मेडिकल कलेज, नेपालगञ्जमा भईरहेको छ । बालकको स्वास्थ्य अवस्था अझै स्थिर भएको र स्वास्थ्यमा सुधार नभएको कारण उपचारको लागि थप खर्च लाग्ने बुबा पेमाछिरिङ्ग तामाङ्गले बताउनु भयो । 


गएको शनिबार विदाको दिन अभिभावकलाई सघाउनको लागि दाउरा टिप्न गएका तामाङ्गको नेप्कामा रहेको पोरीगाउँ भन्ने स्थानमा सुख्खा पहिरोमा परी गम्भिर चोट लागेको थियो । तत्काल स्थानिय प्रशासनले तामाङ्ग लगायत अन्य घाईते ४ जनालाई जिल्ला अस्पताल सिमिकोटमा हेलिकोप्टरबाट उद्धार गरी उपचार गरिएको थियो । उपचारको क्रममा १ जना घाईते अस्मिता तामाङ्गलाई डिस्चार्ज गरिएको डा. टासी लामाले जानकारी गराउनु भयो । बाँकी ३ जनालाई प्राथमिक उपचार गरी आई.सी.यू. सुविधा भएको अस्पतालमा उपचारको लागि रिफर गरिएको थियो । जति सक्दो प्रयास पछि केही घण्टा जिल्ला अस्पतालमा उपचार गरिएको भएता पनि जिल्लामा उपचार गर्नको लागि सुविधा नभएको कारण जिल्ला बाहिर रिफर गर्नु परेको डा. नविन रोकायाले बताउनु भयो । बालकको केही महिना सम्म आई.सी.यू.मा नै राखी उपचार गर्नु र्पो अवस्था रहेको स्वास्थ्य कर्मीको सल्लाह रहेको छ ।

पहिरोमा परी २ जना बसन्ती तामाङ्ग वर्ष २१ र अनिता तामाङ्ग ८ वर्षको घटना स्थलमा नै मृत्यु भएको थियो । गाउँका सबै विद्यार्थी विद्यालय वन्द भएको बेला अभिभावकलाई सभाउनको लागि नेप्का गाउँ भन्दा करिब १३ मिनेट टाढाको दुरीमा रहेको पोरीगाउँमा दाउरा टिप्न जाँदा एकासी चट्टान फुटेर पहिरो आउँदा जमि हल्लिएर भुकम्प आएको महशुस गरेको हाल उपचार पछि सञ्चो भएका अस्मिता तामाङ्गले बताउनु भयो । फुपु बसन्ती तामाङ्ग र आफु एकै ठाउँमा रहेको सानो ढुँगामा अडेस लागेर बसेको भएता पनि फुपु बसन्ती तामाङ्गलाई गर्दनमा ढुँगाले चोट लागि घटनास्थलमा नै गुमाउनु परेको तामाङ्गले बताउनु भयो । फुपुको निधन पछि खबर गर्नको लागि आफु निधारमा चोट लागेको थाहा पाएर पनि गाउँमा रुँदै गुहार माग्न गएको उहाँले बताउनु भयो । तत्काल वडाध्यक्ष भैरब तामाङ्गले स्थानिय प्रशासन, जिल्ला प्रशासन कार्यालय, हुम्लामा खबर गरे कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावल, प्रमुख जिल्ला अधिकारी, गाउँपालिकाका उपाध्यक्ष लगायतको टोलीले उद्धारको लागि हेलिकोप्टर पठाएको थियो ।

घाईते भएका बालक युकेश तामाङ्गको लागि परिवारले सहयोगको याचना सबै संघ संस्था, दातृ निकाय, व्यक्तिलाई अनुरोध गरेका छन् । हाल सम्म कोही कसैले सहयोग नगर्दा उपचारको लागि प्रयोग गरिएको सिमिकोट देखी नेपालगञ्ज सम्मको हेलिकोप्टरको भाडा, उपचार खर्च तिर्नको लागि आफ्नो भएभरको जायजेथाले नपुग्ने भए पछि घाईते बालकका बुबा पेमाछिरिङ्ग तामाङ्गले बताउनु भयो । छोराको स्वास्थ्य अवस्था अझै १ हप्ता भन्दा बढी सम्म सुधार नआउने स्वास्थ्यकर्मीको भनाईलाई उद्धृत गर्दै तामाङ्गले साझा सबालकर्मीसँग फोनमा रुँदै सहयोगको लागि हार्दिकताको साथ अनुरोध गरेका छन् । समान्य घरमा खेतीपाती गरेर बल्लतल्ल जीवन धान्ने परिवारको लागि यस्तो आपत्ती आई लाग्ला भन्ने पेमाछिरिङ्गले सोचेका पनि थिएनन् । जीवनमा कोही कसैलाई यस्तो दुःख नपरोस भन्नको लागि कामनागर्ने तामाङ्गलाई सहयोग गर्नको लागि वडाध्यक्ष भैरब तामाङ्गको फोन नं. ९८४८३१५६४३ र तामाङ्गका आफन्त तथा साझा सवालकर्मी रेशमराज रोकायाको फोन नं. ९८४१४८६४०६ मा फोन गरी सहयोग गर्न सकिने व्यवस्थ परिवारले व्यवस्था गरेको छ । सहयोगको लागि देश विदेशमा रहेका मनकारी सबै महानुभावले यस सम्पर्क नं.मा सम्पर्क गरी सहयोग गरिदिनु हुनको लागि अनुरोध पारिवारिक स्रोतले जनाएको छ । सहयोग संकलन समितिको चाँडै नै खाता समेत खोली सहयोगलाई अझ फराकिलो बनाउने युकेश बचाउ अभियानका संयोजक भैरब तामाङ्गले बताउनु भयो ।

१. पारिवारिक निजी वन, कर्णाली प्रदेशका संयोजक गोविन्द शाही सहयोग रकम हस्तान्तरण गर्दै ।


२. भाईते बालक युकेश तामाङ्ग नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा ।


३. बालकलाई नगद सहयोग पछि सामुहिक फोटो खिचाउँदै वडाध्यक्ष, बालकका बुबा र सहयोगदाताहरु ।


तश्विर: रेशमराज रोकाया 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य