२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

मदिरा निषेध गर्ने निर्णय कार्यान्वयन गर्न महिलाहरुको दवाव र्याली

५ आश्विन २०७५, शुक्रबार ०९:०५

सम्राट सिंह, असोज ५, बझाङ । बझाङ जिल्लालाई मदिरा निषेधित जिल्ला घोषणा गर्ने जिल्ला सभाको निर्णय तत्काल कार्यान्वयन गर्न जयपृथ्वी नगरपालिकाका महिलाहरुले दवाब ¥याली निकालेका छन ।

मदिराका कारण जिल्लामा हत्या,हिंसा र जगन्य अपराधका घटनामा बृद्घि भएको भन्दै झण्डै एक महिना अगाडि जिल्ला सभाले बझाङलाई मदिरा निषेधित जिल्ला बनाउने निर्णय गरेको थियो ।

यसरी जिल्ला सभाले निर्णय गरेको एक महिना पुग्दा समेत निर्णय कार्यान्वयन नभएपछि तत्काल कार्यान्वयन गर्न जयपृथ्वी नगरपालिका भित्रका महिलाहरु नारा जुलुस सहित बजार परीक्रमा गरी दवाव दिएको जयपृथ्वी नगरपालिका घर भएकी बिष्णा नेपालीले बताइन् ।  मदिराले गर्दा जिल्लामा महिला हिंसा तथा अन्य जगन्य अपराधका घटनामा बृद्घि भएकाले जिल्लामा तत्काल मदिरा निषेध गर्नुपर्ने उनको भनाइ छ ।

जिल्ला सभाले मदिरा निषेध गर्ने निर्णय गरेपछि बझाङ उद्योग बाणिज्य संघले पनि यसको बिरोध गर्दै बिभिन्न आन्दोलनका चरणहरु घोषणा गरेका छन । आन्दोलनका चरणमा आज उद्योग बाणिज्य संघले दिनभर बजार बन्द गरेको छ । व्यापारीहरुको पिर मर्का नहेरी मदिरा व्यापारीहरुले इजाजत पत्र नविकरण गरिसकेपछि जिल्ला सभाले जिल्लामा मदिरा निषेध गर्ने निर्णय गरी व्यापारीको ढाड सेक्ने कामको उद्योग बाणिज्य संघका बझाङका अध्यक्ष दान बहादुर सुर्मेलीले बताए । उनले भने व्यापारीहरुको करोडौ मुल्य बराबरको मदिरा जिल्ला भित्र आइसकेकाले व्यापारीहरु धेरै मर्कामा परेका छन ।

जिल्ला सभाले मदिरा निषेध गर्ने निर्णय गरेपछि उद्योग बाणिज्य संघले पनि न्याय माग्दै पुनरावेदन अदालतमा मुद्घा दायर गरेको छ । बझाङ जिल्लामा झण्डै ४ सय व्यापारीले मदिरा को इजाजत प्राप्त गरी मदिरा व्यापार गरिरहेका छन । पुनरावेदन अदालतको आदेशको प्रतिक्षामा रहेका बेला जिल्लामा मदिरा बिक्री गर्न पाउनु पर्ने माग राख्दै व्यापारीहरुले विभिन्न आन्दोलन गर्ने गरेका छन भने जिल्ला सभाको निर्णय तत्काल कार्यान्वयन गर्न महिलाहरुले दवाव ¥याली गर्ने गरेका छन ।

मदिराले समाजलाई धमिलो पारेको र समाजमा विभिन्न प्रकारका बिकृति पनि मदिराले नै ल्याएको हुँदा सभ्य समाज निर्माण गर्न जिल्ला सभाले बझाङ जिल्लालाई नै मदिरा निषेधित जिल्ला बनाउने स्वागतयोग्य निर्णय गरेकाले यसमा सबैले सहयोग गर्नुपर्ने जयपृथ्वी नगरपालिकाका उपमेयर जुना जाग्रीले बताइन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै