2026-07-07 01:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनताको विश्वास र भरोसामा तलमाथि हुन्न: प्रधानमन्त्री

2018-09-22

असोज ६, काठमाडौँ | प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले आफूहरूलाई प्राप्त जनताको विश्वास र भरोसालाई तलमाथि हुन नदिने बताउनुभएको छ । 

वाम प्रजातान्त्रिक आन्दोलनकी नेत्री साहना प्रधानको चौथो स्मृति दिवसका अवसरमा आज नेकपाको केन्द्र्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारसँग समृद्धिको स्पष्ट दृष्टिकोण, नीति र कार्यक्रम रहेको बताउँदै त्यसका लागि सुदृढ सङ्गठन तथा जनताको विश्वास र भरोसा रहेको जनाउनुभएको हो । 

उहाँले भन्नुभयो, “यो विश्वासमा धरमर ल्याउन पिपिरी बजाउनेहरू छन् । यसले केही हुनेवाला छैन । हाम्रा कामले जनताका विश्वासमा तलमाथि हुन दिइने छैन । अग्रजहरूका महान् उद्देश्य पूरा गर्न हामी प्रतिबद्ध छौँ ।” 

उहाँले कम्युनिष्ट एकताबद्ध हुँदा कोही नतर्सन आग्रह गर्दै सरकार प्रतिपक्षसँग मिलेर काम गर्न तयार रहेको पनि स्पष्ट गर्नुभयो । प्रधानमन्त्री ओलीले राजनीतिक परिवर्तनको चरण पूरा भएकाले अब साना कुरामा अल्मलिएर नभई कर्मी मौरीझैँ लागेर समृद्धिको दायित्व पूरा गर्न सबै लाग्नुपर्ने बताउनुभयो । 

अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक, सामाजिक र पारिवारिक प्रतिकूलताका बीच पनि आफूलाई समाजवाद र समृद्धिका लागि सतिसालजस्तै प्रस्तुत गर्नु नेत्री साहनाको साहसी कदम भएको बताउनुभयो । उहाँले कम्युनिष्ट एकताले समृद्धि र समाजवादको यात्रालाई सहज बनाएको जनाउनुभयो । 

नेकपाका नेता झलनाथ खनालले राणा शासन हुँदै पञ्चायतविरोधी आन्दोलनमा नेत्री प्रधानको स्थान महत्वपूर्ण रहेको जनाउँदै प्रधानले संविधानसभाको निर्वाचन, लोकतान्त्रिक संविधान निर्माणमा समेत प्रेरणादायी भूमिका निर्वाह गर्नुभएको बताउनुभयो । 

नेकपाका नेता वामदेव गौतमले नेपालमा कम्युनिष्ट विचारलाई सङ्गठितरूपमा फैलाउन पुष्पलाल हुँदै साहना प्रधानको भूमिका ऐतिहासिक रहेको बताउनुभयो । 

विसं २०४६ को जनआन्न्दोलनमा नेत्री प्रधानले वाममोर्चाको अध्यक्षका हैसियतले काम गर्नुभएको थियो । प्रधानको स्मृतिमा युवा नेत्री रामकुमारी झाँक्रीको नेतृत्वमा स्मृति प्रतिष्ठान गठन भएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने