२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

सिस्नोको उपयोगीता र सिस्नु खानुका फाईदा धेरै

६ आश्विन २०७५, शनिबार १५:१५

कमल रावल | असोज ६, अछाम | हाम्रै घर आगँन वरिपरी प्रसस्तै मात्रामा पाईने सिस्नोको उपयोगीता र सिस्नु खानुका फाईदा धेरै छन । अर्गानिक र स्वास्थ्यका लागी निकै उपयोगी सिस्नो पकाएर खाँदा आईरन, क्याल्सीयम, मधुमेह, जन्डिस, कब्जियत आदी समस्याहरुलाई निर्मुल पार्ने गरेको सिस्नो सम्वन्धि जानकारहरुले बताएका छन । 

सिस्नुको माग अन्तराष्ट्रिय स्तरमा निकै धेरै माग बढेको र नेपालका बिभिन्न सहरहरुमा पनी धेरै राम्रो बजार पाउने गरेको लामो समय देखी सिस्नो प्रसोधनमा लाग्नु भएका दैलेखको नारायण नगरपालिकाका शेर बहादुर बोगटीले बताउनु भयो । २०६२ सालदेखी सिस्नो प्रसोधन गरि ब्यावसायिक रुपमा सिस्नोलाई आम्दानीको श्रोत बनाईरहेका बोगटीले अछाममा पनी सिस्नो सम्वन्धि ग्रिन हाउसको ठुलो सम्भावना रहेको बताँउनुभएको छ । 


सिस्नोकै माध्ययमबाट पनी स्थानीयले मनग्य आम्दानी लिन सक्ने र आर्थिक समृद्धि हासिल गर्नसक्ने उहाँको भनाई छ । हामीले दैनीक जीवनमा प्रयोग गरिरहेका हरेक खाद्य बस्तुमा केमीकल प्रयोग हुने भएतापनी सिस्नो बिसुद्ध अर्गानिक बस्तु भएको उहाँको भनाई छ । सिस्नोको ३ पाते मुना पकाएर खाँदा स्वास्थ्यलाई धेरै फाईदा पुग्ने बताईएको छ । उहाँले आफ्नै लगानीमा सिस्नोको प्रशोधन उद्योग संञ्चालन गरि ब्याबसाय समेत दैलेखमा संञ्चालन गरिरहेको छ । 

आफ्नो समुहमा २८ जनाको समुह भएकाले बर्षेनि आफ्नै सबै खर्च ब्याबस्थापन सहित ४ लाख भन्दा माथि आम्दानी गर्न समेत आफुहरुको समुह सफल भएको बोगटीले बताउनु भयो । उहाँको समुहले उत्पादन गरेको सिस्नोको पाउडर नेपालमा मात्रा नभई चाईना, भारत, अमेरिका लगाएतका देशमा समेत निर्यात हुदै आईरहेको उहाँको प्रतिक्रिया रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य