प्रेम सुनार | असोज–७, बुटवल । केहि दिन अघि बाग्लुङ्गको बडिगाड गाउँपालिका अन्तरगत तुरतुरेको पहिरोले तल बडिगाड खोला थुनेर निलरह ताल बनेको छ । दिनहुँ मन्त्री, अन्य जनप्रतिनिधी , उच्च पदस्थ कर्मचारी, सुरक्षा निकायका प्रमुखहरु अवलोकन गर्न पुगेको देखिन्छ । ताल फुटाउनका लागि सुरक्षा निकायले अनेक प्राधिक पक्षबारे सोचेको पाईन्छ । तर त्यसलाई तालका रुपमा संरक्षण गर्ने बारे सोचेको छ छैन भन्ने बारे कुरा बाहिरा आएको छैन । हामी वल्लो निस्ते खोला तालको उदाहरण दिन्छौं । २०२६ सालको मध्ये बर्षायाममा लगातारको अविरल बर्षाले तत्कालिन मुसिकोट गाउँ पञ्चायत र पौदी बाङ्गेको शिरमा रहेको फुर्से पहिरोमा बिशाल पहिरो गई तल निस्ते खोलाको गडौंली कुनौटा फाँटमा ताल परेको थियो ।
केहि खेतहरु डुबानमा परे । लगातार ७ बर्ष सम्म निलरह ताल आकर्षणको केन्द्र बन्यो । त्यस ताल हेर्न आउने र त्यहाँ पिकिनिक गर्नेहरुको घुँईचो हुन्थ्यो । माघे सक्रान्तिमा भव्य मेला लाग्न थाल्यो । माछा मार्नेहरुले राम्रो जिविकोपार्जनको माध्यम बनाए । निलरह ताल किनारमा ,बल्छी खेल्ने , जाल हान्ने र स्नान गर्नेेहरुको लावालस्कारले कुनै विकासित मुलुकको सामुन्द्रिक किनारको जस्तै रौनक देखिन्थ्यो । ७ बर्ष पछि २०३२ सालमा ताल फुट्यो । तलका केहि खेतहरु बाहेक ठुलो क्षति भएन । तालको मुख्य बाँध फुटे पनि २०४० को दशक सम्म उक्त ताल अस्तीत्वमा रहेको ईस्मा गाउँपालिका प्रमुख लक्ष्मण बिष्ट बताउँ छन । ‘के गर्नु अहिले जस्तो जलशाय बनाएर पर्यटकहरु भित्राउने , बिद्युत उत्पादन गर्ने त्यति बेला हामी कसैमा नहुँदा त्यसलाई तालका रुपमा संरक्षण गर्नु पर्छ भन्ने कसैमा पनि सोच हुन सकेन,– प्रमुख बिष्ट भन्छन–‘प्रकृतिले आफै बनाई दिएको त्यो ताल मानिसहरुले बनाउनु परेको भए अर्वौ खर्च हुन्थ्यो , उति बेला संरक्षण गर्न नसकेकोमा अहिले पछुतो लाग्छ । ’
बाग्लुङ्ग तुरतुरेको ताल अहिले संरक्षण गरे कसो होला ? भन्ने प्रश्नमा बिष्ट भन्छन –‘ एक दम ठिक हो, त्यो प्राकृतिक विपद्लाई अवसरका रुपमा लिएर संरक्षण गर्न सके अर्वौ आम्दानीको श्रोत बन्न सक्छ । ’ त्यति वेला के भनेर डर देखाईयो ?
त्यस ताल तल खेतका मोहीहरुले त्यो ताल रहिरहे त्यस जमिनको भविश्य कति सुन्दर छ भनेर सोचेनन । उति बेलै त्यहाँ देखि तल उपल्लो फाँट , सुखारा, खहरे निकार सम्म वजारिकरण भई सकेको थियो । जब ताल फुट्यो त त्यो बजारीकरण सुक्यो । ताल फुटाउनका लागि थुप्रै खालका धार्मिक भ्रमहरु छरियो । ज्योतिषलाई उदृत गर्दै भनियो–‘ पारी बढिगाड र वारी निस्ते आपसमा मिल्न चाहेका छन र फुर्से पहिरो छेडेर एक आपासमा मिल्ने छन यसले सयौं जनताको घरबास उठ्ने छ । ’यस्तो भ्रमले त्यस भेगका मानिसहरु बर्षायाममा त्रसित समेत बने । अहिले त्यहाँका तिनै मानिसहरुलाई पछुतो लागेको छ ।
के भन्छन त ढोरपाटनका मेयर ? तुरतुरेलाई तालका रुपमा संरक्षण गर्ने बिषयमा हामीले ढोरपाटन नगरपालिका मेयर देवकुमार नेपाली संग सम्पर्क राखेका थियो । मेयर भन्छन–‘ यो कुरा एकदम ठिक हो , अहिले परिरहेको ताल निर्माण गर्न अर्वौ रुपैयाँ लाग्छ तर म आफैले ताल कै रुपमा संरक्षण गर्नु पर्छ भन्दा माथी डुवानमा परेका नागरिकहरु रुष्ट हुनुहुन्छ कि भनेर म बोल्न नमिलेको हो ।’जम्मा चार घर डुवानमा परेका छन अरु घर बस्ती डुवानमा पर्ने सम्भावना छ कि छैन ? भन्ने प्रश्नमा मेयर नेपाली थप्छछन–‘ती चार घर परिवार बाहेक माथी वुर्तिवाङ्ग बजार सम्म ताल बनाउँदा डुवानको असर नपर्ने देखिन्छ । पानी बढि भए ओभरफ्लो भएर बगेकै छ । जहाँ सम्म ति चार घर परिवारले जुन क्षति ब्योहर्नु भएको छ उहाँहरुलाई क्षतिपुति दिलाउन सकिन्छ ।
उहाँहरु त्यो असुरक्षित बस्तीमा हुनुहुन्थ्यो । अब झन सुरक्षित बस्तीमा सारिन्छ । उहाँहरुको जुन आम्दानीको श्रोत माछा मार्नु थियो, ताल बने पछि झन आम्दानी बढ्ने छ । सुन्दर ताल बनाउन सकियो भने ¥याप्टीङ्ग, होमस्टे लगायतको पर्यटकिय विकास गर्न सकिन्थ्यो , यसबारे सबै पक्ष संग छलफल परामर्श गरिने छ । ’
पहिला विपद ब्यवस्थानमा ध्यान दिन्छौः सिडियो यस सम्वन्धमा बाग्लुङ्गका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलको पनि ध्यानकृष्ट गराएका थियौं । उनले पहिलो प्राथामिकता सुरक्षा र विपद् ब्यवस्थापनलाई दिईएको बताए । उनले भने–‘बाँध देखि माथीको ताल ८३ किलो मिटर क्षेत्रफलमा फैलिएको छ । माथीको पाहड खसेर लाईफ लाईनका रुपमा रहेको मध्ये पाहडी लोकमार्गको ३ सय मिटर मोटरबाटो बगेर आवत जावत ठप्प भएको छ ।
हिजो गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान ज्यु र हामी अवलोकन गरी फर्किएर अहिले छलफलमा छौं । नेपाली सेनाको उच्च स्तरिय टोली भोली देखि त्यहाँ पुग्ने छ । त्यहाँको भौगोलिक अवस्था बुझेर तालको बाँध फुटाउनेबारे आफ्नो योजना बनाउने छ । सडक विभागका महानिर्देशन सहितको टोली पनि अध्यानका लागि आउने छ ।
अहिले सम्म पर्यटकिय दृष्टिकोणले भन्दा पनि सुरक्षा र विपद् ब्यवस्थापनको दृष्टिले मात्रै हेरिएको छ । उच्च स्तरिय अध्यान टोलीको निष्कर्श , ड्याम तल बाग्लुङ्ग र गुल्मीका जनताको प्रतिवेदनका आधारमा मात्रै ताल संरक्षण गर्ने नगर्ने बारे सोच्न सकिन्छ । ’प्रजिअ खरेल यता निस्तेखोला ताललाई पनि छिमेकी गाउँ ग्वालीचौरका वासीन्दा भएकोले नजिकबाट नियालेका ब्यक्ति हुन । उनले निस्तेको फुर्से पैरो तालको शौन्दर्य आफुले धेरै पटक नियालेको बताए । प्र.जि.पौड्याल भने जस्तै सुरक्षा र मोटरबाटो लगायतको विपद् अन्त्य पश्चात सम्भावना बोकेको पाईए ताल संरक्षण गरी त्यस तल ब्यबस्थीत बाँध निमार्ण कार्य हुँदै जाने थियो । यसबारे पनि सरोकारवालाले सोच्ने कि ?