2026-09-13 11:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीको मुस्लिम बस्ति नै पखालाबाट प्रभावित, एक जनाको मृत्यु

असोज ८, बर्दिवास | महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–१२ को नैन्हीस्थित मुस्लिम बस्तीमा फैलिएको पखाला अझै नियन्त्रणमा आउन सकेको छैन । असोज महिनाको शुरु देखि नै सो बस्तीमा फैलिएको पखाला एक साता भइसक्दासम्म अझै नियन्त्रण हुन नसकेको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । 

पखाला शुरु भएसँगै पहिलो दिन नै चार वर्षीया बालिका खुश्बु खातुनको मृत्यु भएको थियो । लगत्तै बस्तीमै दक्ष चिकित्सक सहितको स्वास्थ्य टोलीले सघन उपचार थाले पनि अझै नियन्त्रण हुन नसकेको जलेश्वर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा राजीव झाले जानकारी दिनुभयो । 

नैन्हीको स्वास्थ्य चौकी र त्यहीँकै मदर्सासहित दुई ठाउँमा शिविर नै राखेर सघन उपचार शुरु गरिएको कार्यालयले जनाएको छ । दुवै ठाउँ गरी २१० जना पखलाबाट प्रभावित भएका स्वास्थ्य टोलीमा खटिनुभएका जिल्ला स्वास्थ्य निरीक्षक सन्तोषकुमार ठाकुरले बताउनुभयो । “घरघरै बिरामी छन्, हामीले अहिले पनि ५० जनालाई शिविरस्थलमै स्लाइन उपचार जारी राखेका छौँ,” स्वास्थ्य निरीक्षक ठाकुरले भन्नुभयो, “शिविरमा बिरामीलाई उपचारको ठाउँ अपुग भएपछि जिल्ला अस्पताल जलेश्वरमा थप उपचारका लागि पठाएका छौँ ।” 

करीब ३०० घरधुरीको मुस्लिम बस्तीमा ससाना नानी र किशोर उमेरका बढी प्रभावित पाइएका छन् । गर्भवती र सुत्केरी महिला पनि प्रभावित पाइएका स्वास्थ्य निरीक्षक ठाकुरले बताउनुभयो । बस्तीमा घर वरपरको सरसफाइ र खानपानमा सचेतता नअपनाइँदा समस्या नियन्त्रणमा आउन ढिलाइ भएको चिकित्सक र स्वास्थ्यकर्मीको भनाइ छ । घना बस्ती भएको र सरसफाइ तथा खानपानबारे बेखबर रहने बानीले पखालाले प्रकोपकै रुप लिएको र चाँडो नियन्त्रण हुन नसकेको चिकित्सक र स्वास्थ्यकर्मी बताउँछन् । 

धानखेतबाट मारेर ल्याइएको ससाना भूरा माछा खाँदा पखाला शुरु भएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । पछिल्लो पटक केन्द्रको स्वास्थ्य सेवा विभागबाट आएको टोलीले बस्तीमा खाने गरिएको पानी र बिरामीको दिसा सङ्कलन गरेर लगेको नमूनाको रिपोर्ट आएपछि पखाला फैलिनुको खास कारण पत्ता लाग्ने स्वास्थ्य निरीक्षक ठाकुरले बताउनुभयो । पखाला प्रभावित मुस्लिम बस्तीलाई निगरानीमा राखिए पनि यसको प्रभाव सोही वडाको अर्को बस्तीमा देखिन थालेको छ । पखाला महामारी फैलिएपछि जलेश्वर नगरपालिकाको नैन्ही बस्तीमा त्रास छाएको छ । त्यहाँका बासिन्दाले चिकित्सक र स्वास्थ्यकर्मीको थप टोली अत्यावश्यक ओषधिसहित केन्द्रबाट तत्काल थप्न माग गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले