२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

जुपुमा ८ दिन बितिसक्दा समेत विद्युत सेवा संचालनमा आएन

८ आश्विन २०७५, सोमबार १२:३०

कमल रावल | असोज ८ अछाम | मंगलसेन नगरपालिका वडा नम्बर १० जुपुमा ८ दिन देखि विद्युत सेवा अबरुद्ध भएको छ । वडा नम्बर १० को वडा कार्यालय नजिकै राखिएको ट्रान्सफर्मरमा नै खराबि आएपछी विद्युत सेवा अबरुद्ध आएको हो । यसरी ८ दिनसम्म विद्युत सेवा अबरुद्ध भएपछी वडा ३ सय १५ घरधुरिका स्थानिय बत्तिको मुनिको अध्यारोमा बस्न बाध्य भएका छन । 


यसरी ८ दिनसम्म बत्ती अबरुद्ध भएपछी विद्यार्थिलाई पठनपाठन गर्न, गाउमा कुटानि पिसानीका मिल तथा मोबाईल चार्ज गर्न समेत समस्या भएको स्थानिय गणेश रावलले बताएका छन । जुपुमा यसरी ट्रान्सफर्मर नै उड्सिकेपछी आफ्नो टोलमा बत्ती कहीले आउने हो भन्ने आफुलाई समस्या भईरहेको रावलले बताउनु भयो । त्यति मात्र नभएर वडाका टोल टोलमा खिचिएका तारका लाईनमा समेत रुखले धेरै समस्या गरेको बताएका छन । आफ्नो गाउका स्थानियले छिटे भन्दा छिटे नयाँ ट्रान्सफर्मर ल्याएर विद्युत सुचारुका लागि लिखित नभएपनी मौखिक रुपमा मंगलसेन नगरपालिका, वडा कार्यालय, विद्युत कार्यालय साफेबगर र युनिट कार्यालय मंगलसेनमा जानकारी गराईसकेको स्थानिय राजेश रावलले बताएका छन । 

यता वडा अध्यक्ष नेत्र बहादुर रावलले भने स्थानियको समस्या नै आफ्नो भएकाले समस्या समाधानका लागि पहल गरिरहेको बताउनु भयो । ट्रान्सफर्मर बिग्रेको दोस्रो दिनमै विद्युत कार्यालयका प्रमुखलाई जानकारी गराईसकेको र अब दुई तिन दिनमै नयाँ ट्रान्सफर्मर वडामा आउने रावलले बताउनु भयो । विद्युत कार्यालयका अनुसार असोज १ गतेको पानीका कारण २५ केभिको ट्रान्सफर्मर भित्रै नै पानी पसेकाले आवश्यक हुने सबै तेल बाहीर निस्केका कारण तत्काल काम नै नदिने गरि बिग्रीएको बताईएको छ । साथै उपभोक्ता अनुसार सो ट्रान्सफर्मरले नधान्ने भएकाले अब बढिमा ४ दिन भित्रै ५० केभिको ट्रान्सफर्मर जडनका लागि पहल भईरहेको विद्युत कार्यालय युनिट शाखा मंगलसेनका ईञ्चार्ज सञ्चिव चौधरीले बताउनु भयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य