Skip to content
Friday, July 17, 2026 Nepali Online Media
September 24, 2018 अछाम - ACM, समाज

जुपुमा ८ दिन बितिसक्दा समेत विद्युत सेवा संचालनमा आएन

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

कमल रावल | असोज ८ अछाम | मंगलसेन नगरपालिका वडा नम्बर १० जुपुमा ८ दिन देखि विद्युत सेवा अबरुद्ध भएको छ । वडा नम्बर १० को वडा कार्यालय नजिकै राखिएको ट्रान्सफर्मरमा नै खराबि आएपछी विद्युत सेवा अबरुद्ध आएको हो । यसरी ८ दिनसम्म विद्युत सेवा अबरुद्ध भएपछी वडा ३ सय १५ घरधुरिका स्थानिय बत्तिको मुनिको अध्यारोमा बस्न बाध्य भएका छन ।

यसरी ८ दिनसम्म बत्ती अबरुद्ध भएपछी विद्यार्थिलाई पठनपाठन गर्न, गाउमा कुटानि पिसानीका मिल तथा मोबाईल चार्ज गर्न समेत समस्या भएको स्थानिय गणेश रावलले बताएका छन । जुपुमा यसरी ट्रान्सफर्मर नै उड्सिकेपछी आफ्नो टोलमा बत्ती कहीले आउने हो भन्ने आफुलाई समस्या भईरहेको रावलले बताउनु भयो । त्यति मात्र नभएर वडाका टोल टोलमा खिचिएका तारका लाईनमा समेत रुखले धेरै समस्या गरेको बताएका छन । आफ्नो गाउका स्थानियले छिटे भन्दा छिटे नयाँ ट्रान्सफर्मर ल्याएर विद्युत सुचारुका लागि लिखित नभएपनी मौखिक रुपमा मंगलसेन नगरपालिका, वडा कार्यालय, विद्युत कार्यालय साफेबगर र युनिट कार्यालय मंगलसेनमा जानकारी गराईसकेको स्थानिय राजेश रावलले बताएका छन ।

यता वडा अध्यक्ष नेत्र बहादुर रावलले भने स्थानियको समस्या नै आफ्नो भएकाले समस्या समाधानका लागि पहल गरिरहेको बताउनु भयो । ट्रान्सफर्मर बिग्रेको दोस्रो दिनमै विद्युत कार्यालयका प्रमुखलाई जानकारी गराईसकेको र अब दुई तिन दिनमै नयाँ ट्रान्सफर्मर वडामा आउने रावलले बताउनु भयो । विद्युत कार्यालयका अनुसार असोज १ गतेको पानीका कारण २५ केभिको ट्रान्सफर्मर भित्रै नै पानी पसेकाले आवश्यक हुने सबै तेल बाहीर निस्केका कारण तत्काल काम नै नदिने गरि बिग्रीएको बताईएको छ । साथै उपभोक्ता अनुसार सो ट्रान्सफर्मरले नधान्ने भएकाले अब बढिमा ४ दिन भित्रै ५० केभिको ट्रान्सफर्मर जडनका लागि पहल भईरहेको विद्युत कार्यालय युनिट शाखा मंगलसेनका ईञ्चार्ज सञ्चिव चौधरीले बताउनु भयो ।