८ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विपद्पछि हुने आर्थिक नोक्सानीलाई कम गर्दै जानुपर्छ: अर्थमन्त्री

९ आश्विन २०७५, मंगलवार ०७:४७

असोज ९, काठमाडौँ | बीमा समिति र नेपाल बीमक सङ्घद्वारा संयुक्तरुपमा आयोजित ‘वित्तीय सुदृढीकरण ः विपद् जोखिम वित्तीय व्यवस्थापन र बीमा’ विषयक २१ आँै सम्मेलन आजदेखि यहाँ शुरु भएको छ । 

दुईदिसम्म सञ्चालन हुने उक्त सम्मेलनमा दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सहित विभिन्न देशका ५०० भन्दा बढी बीमा कम्पनीका प्रतिनिधिको सहभागिता रहेको छ । सम्मेलनमा बीमासित सम्बन्धित नेतृत्व, मूल्याङ्कन, लघु बीमालगायत क्षेत्रमा अलगअलग कार्यपत्र प्रस्तुत हुनेछ । 

उक्त सम्मेलनमा मानव निर्मित विपद् एवं प्राकृतिक विपद्पछि हुने क्षतिमा बीमाको जोखिमलाई कसरी न्यून गर्ने भन्ने विषयमा सहभागीहरू बीच अनुभव आदानप्रदान हुनेछ । 

अर्थमन्त्री युवराज खतिवडाले सम्मेलन शुभारम्भका क्रममा समग्र आर्थिक समृद्धिका लागि वर्तमान सरकारले आफ्नो ध्यान केन्द्रित गरेको चर्चा गर्दै बीमामार्फत् विपद्पछि हुने आर्थिक नोक्सानीलाई कम गर्दै जानुपर्छ भन्नुभयो । 

उहाँले सामाजिक सुरक्षाअन्तर्गत स्वास्थ्य बीमा कार्यक्रमलाई उच्च प्राथमिकता दिई सबै जनतालाई यसको पहुँचमा ल्याउन लागिएको उल्लेख गर्दै ७० वर्षमाथिका ज्येष्ठ नागरिकको स्वास्थ्य बीमाको दायित्व सरकारले नै व्यहोर्ने बताउनुभयो । 

अर्थमन्त्री खतिवडाले भन्नुभयो, “यातायात, घरजग्गा व्यवसाय, उद्योगलगायत केही सीमित क्षेत्रमा रहेको बीमाको दायरालाई आगामी दिनमा बढाउँदै अन्य क्षेत्रमा विस्तार गर्न आवश्यक छ ।” उक्त समितिका अध्यक्ष चिरञ्जीवी चापागाई र सङ्घका अध्यक्ष दीपप्रकाश पाण्डेले विपद् जोखिमलाई कम गर्दै वित्तीय सुदृढीकरण गर्न चुनौती रहेको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत ठगीको अभियोगमा पक्राउ उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार राष्ट्रपतिसँग बिदाइ भेट पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ जेन्जी आन्दोलनका शहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना बालेनलाई प्रधानमन्त्री बनाउने छलफलमा प्रवेश गरेका छैनौँ : रवि लामिछाने कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने मन्त्रीद्वयद्वारा नेपाली कांग्रेसको कार्यालय निरीक्षण ‘राष्ट्रिय सुरक्षाका लागि’ ग्रिनल्यान्ड चाहिन्छ : ट्रम्प काठमाडौँको तापक्रम आज यस वर्षकै कम नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल दुई नाबालकसहित ११ कैदीबन्दी पक्राउ मदुरोमाथि ट्रम्पको दबाब महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा