2026-09-15 04:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा मलेरियाका चार बिरामी फेला

असोज ९, नवलपरासी | पश्चिम नवलपरासीमा पछिल्लो तीन महीनामा मलेरियाका चार बिरामी फेला परेका छन् । तीमध्ये दुई महिला छन् ।

साथै एक तीनवर्षीय बालक र एक सुनवल नगरपालिकास्थित सिमेन्ट उद्योगमा ज्यालादारीमा काम गर्ने भारतीय रहेको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । 

पश्चिम नवलपरासी जिल्ला स्वास्थ्य कार्यालयका मलेरिया इन्स्पेक्टर गौरीशङ्कर प्रसादका अनुसार जिल्लाका सुनवल नगरपालिका, सुस्ता गाउँपालिका, बर्दघाट नगरपालिका तथा प्रतापपुर गाउँपालिकाका क्षेत्रबाट मलेरियाका बिरामी फेला परेका छन् । रोगको सङ्क्रमण देखापर्ने सम्भावित स्थानमा सतर्कता अपनाउन आवश्यक देखिएकाले सोहीअनुसार कार्यालयले काम गरिरहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अरुणकुमार महतोले जानकारी दिनुभयो । 

हाल पश्चिम नवलपरासीका चार वटै स्थानीय तह मलेरियाको उच्च जोखिममा परेका छन् । आर्थिक वर्ष २०७४÷०७५ मा पश्चिम नवलपरासीमा सात र पूर्वी नवलपरासीमा २१ गरी दुवै जिल्लामा मलेरियाका २८ बिरामी फेला परेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ