2026-09-15 04:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

जनसहभागितामा सामुदायिक भवन

असोज १०, म्याग्दी (रासस) | अन्नपूर्ण गाउँपालिका–६ घारका बासिन्दाले सरकारी निकायले उपलब्ध गराएको अनुदानभन्दा बढी रकम स्थानीय स्रोतबाट जुटाएर सामुदायिक भवन निर्माण गरेका छन् । 

स्थानीयवासीले घारको भगवती मन्दिर परिसरमा रु १४ लाखको लागतमा सभाहलसहितको सामुदायिक भवन निर्माण गरेका हुन् । सो भवन निर्माणका लागि अन्नपूर्ण गाउँपालिकाले आर्थिक वर्ष २०७४/७५ मा रु ६ लाख विनियोजन गरेको थियो । स्थानीयस्तरबाट थप रु आठ लाख जुटाएर भवन निर्माण सम्पन्न गरेको उपभोक्ता समितिका अध्यक्ष टीकाबहादुर खड्काले बताउनुभयो । 

भवन निर्माण गर्न कोत मन्दिर पूजा व्यवस्थापन समितिले रु दुई लाख, घार समाज जापानले रु एक लाख २२ हजार, वन उपभोक्ता उपसमितिले रु दुई लाख ५० हजार, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले रु ५० हजार तथा जनजागृति आमा समूहले रु एक लाख सहयोग गरेको हो । करीब १५० जना अटाउने सभाहल रहेको सो भवनको पहिलो तलामा पुजारी निवास र आमा समूहको कार्यालय राख्ने योजना छ । भवन निर्माणपछि तालीम, गोष्ठी र बैठक सञ्चालन गर्न खुला चौर, व्यक्तिका घर तथा विद्यालयमा पुग्नुपर्ने समस्याको अन्त्य भएको वडासदस्य रामबहादुर खड्काले बताउनुभयो । 

विसं २०१८ मा निर्माण गरिएको सो भवन २०७२ सालको भूकम्पका कारण जीर्ण बनेको थियो । भवन परिसरमा रु एक लाख ७५ हजारको लागतमा महिला र पुरुषका लागि छुट्टाछुट्टै शौचालय निर्माण समेत निर्माण गरिँदै छ । घारको कोत मन्दिरमा बडादशैँको समयमा विशेष मेला लाग्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ