२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

तनहुँ प्रहरीद्वारा तीन महीनामा लागूऔषधसहित २७ पक्राउ

११ आश्विन २०७५, बिहीबार ०४:०६

असोज ११, दमौली | चालु आर्थिक वर्षको तीन महीनाको अवधिमा तनहुँ प्रहरीले २७ जनालाई लागूऔषधसहित पक्राउ गरेको छ । 

गत साउनदेखि असोज १० गतेसम्म जिल्लाका विभिन्न स्थानबाट ६८८ थान लागूऔषध र दुई हजार २३० ग्राम गाँजासहित २७ लाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

साउनमा १२, भदौमा १२ र असोज महीनामा तीन जना लागूऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । 

हालै ल्याइएको दुई कुकुरको सहयोगमा बुधबार यात्रुवाहक बसमा लागूऔषध ओसारपोसार गर्ने युवा पक्राउ परेका छन् । 

नवलपरासी बुम्दीकाली गाउँपालिका–१ घर भई हाल पोखरा महानगरपालिका–४ सिद्धार्थचोक बस्ने २० वर्षीय पारस सार्की पक्राउ परेका हुन् । 

पोखराबाट ल्याइएको सीमा र चेरी नाम गरेका कुकुरको सहयोगमा प्रहरीले बुधबार राति पृथ्वीराजमार्गअन्तर्गत म्याग्दे गाउँपालिका–१ गुणादीमा ना१ख ३६७९ नं को धादिङबाट पोखरा जाँदै गरेको यात्रुवाहक बसमा सवार सार्कीलाई तीन किलो गाँजासहित पक्राउ गरिएको हो । 

पक्राउ परेका सार्कीविरुद्ध अनुसन्धान भइरहेको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य