Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीका युवाले खोले वृद्धाश्रम

२०७५, ११ आश्विन बिहीबार ०४:०९

विमल विष्ट | असोज ११, डोटी | गरीब, असाहय, वृद्ध–वृद्धालाई सहारा दिने उद्देश्यले जिल्लाका विभिन्न स्थानका युवाले सामुहिक रूपमा ‘पूज्य धर्मान्तक वृद्धाश्रम’ खोलेका छन् । 

दीपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीले उक्त वृद्धाश्रम शुभारभ्भ गर्दै विशुद्ध मानवीय सेवाभावले यसलाई सञ्चालन गरिए नगरपालिकाका तर्फबाट सहयोग गरिने बताउनुभयो । 

“हामी सहयोग गर्न तयार छौँ तर विशुद्ध मानवीय सेवाभावले काम हुनुप¥यो ।” उहाँले भन्नुभयो, “वृद्धाश्रमको व्यवस्थापन र दिगोपनाका लागि जिल्लाका सबै स्थानीय तहको पनि दायित्व भएकाले यसमा सबैले सहयोग गर्नुपर्छ ।” 

विभिन्न कारणले वृद्धवृद्धाले पाउनुपर्ने मान सम्मान, माया, ममता र सद्भावको अभाव खड्किएको अवस्थामा यस्ता आश्रम सहयोगी हुने प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताउनुभयो । 

आफ्नै सन्तानबाट वृद्धावस्थामा सहारा नपाउनु दुःखद् भएको चर्चा गर्दै नेकपा जिल्लास्तरीय नेता सहदेव खाँतीले भन्नुभयो, “अहिले फेसबुकलगायत अन्य सञ्चारमाध्यमबाट आमाबाबुका अनुहार हेर्ने दिन आए, यो दुःखद् हो ।” 

पढाइ प्रभावित 

शिक्षक सेवा आयोगको परीक्षाका कारण जिल्लाका अधिकांश विद्यालयको पठनपाठन प्रभावित भएको छ । अधिकांश विद्यालयका धेरैजसो शिक्षक परीक्षा दिन गएकाले पठनपाठन अवरुद्ध भएको जोरायल गाउँपालिका–१ का पबित्रा खत्रीले बताउनुभयो । उहाँले भन्नुभयो, “अधिकांश शिक्षक परीक्षा दिन गएकाले विद्यालय बन्द गर्नुपर्ने अवस्था आएको छ ।” 

डोटीबाट परीक्षा दिने शिक्षकको परीक्षा डडेल्धुरा केन्द्र तोकिएकाले परीक्षार्थी शिक्षक त्यसतर्फ लागेका हुन् । यसअघि पनि परीक्षाको तयारीका लागि भन्दै केही शिक्षक विद्यालयमा नियमित उपस्थित नभएका र केहीले जिल्ला बाहिर गएर परीक्षाको तयारीमा लागेका कारण विद्यार्थीको पढाइमा अवरोध भइरहेको गडसेरास्थित महेन्द्र प्रस्तावित निमाविका शिक्षक प्रकाशबहादुर रावलले जानकारी दिनुभयो । जिल्लाका नौ वटै स्थानीय तहका अधिकांश सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक परीक्षामा सहभागी हुँदैछन् । 

शिक्षक सेवा आयोगले माविको परीक्षा आज असोज ११, आधारभूत तहको १२ र प्राथमिक तहको परीक्षा १३ गते लिने भएको छ । विभिन्न समयमा राष्ट्रिय र स्थानीय बिदाका नाममा दुई महीनाभन्दा बढी बिदा हुने जिल्लाका विद्यालय खुलेको समयमा समेत नियमित पठनपाठन नहुँदा विद्यार्थीको पढाइमा अवरोध हुने गरेको कपल्लेकीस्थित केदारेश्वर माविका विद्यार्थी रोसन ऐरले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी