२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

जाजरकोटको जडीबुटी प्रशोधन केन्द्र बन्द

११ आश्विन २०७५, बिहीबार ०७:५४

असोज ११, जाजरकोट | जिल्लाको एक मात्र जडीबुटी प्रशोधन केन्द्र बन्द हुँदा व्यवसायी मारमा परेका छन् । त्रिपुरासुन्दरी नगरपालिका–१ खातीज्युलामा २०५५ सालमा स्थापना गरिएको त्रिपुरासुन्दरी जडीबुटी सङ्कलन तथा प्रशोधन केन्द्र विगत १८ वर्षदेखि बन्द छ । 

विश्व वन्यजन्तु कोष नेपाल, बिएसपी न्युएरा र साविकको त्रिपुराकोट गाविसको आर्थिक सहयोगमा रु १९ लाखमा स्थापना गरिएको सो केन्द्र दुई वर्षसम्म मात्र सञ्चालनमा आएको थियो । जटामसी, समायो, पिरे घाँसलगायतका जडीबुटी प्रशोधन गर्ने गरिएको थियो । जडीबुटी सङ्कलन र प्रशोधन जिल्लामै गरिन थालेपछि व्यापारीलाई सहज भएको थियो । 

जडीबुटी प्रशोधन गर्ने क्रममा वन जङ्गल मासिन थालेपछि इन्धनको अभावका कारण प्रशोधन केन्द्र बन्द भएको थियो । उद्योग सञ्चालन गर्न स्थानीय तहले चासो नदेखाएको त्रिपुरासुन्दरी नगरपालिका–१ का पूर्व गाविस सचिव कालीप्रसाद खत्रीले बताउनुभयो । “थोरै लगानीमा घरमै बसेर जडीबुटीबाट मुनाफा कमाइन्थ्यो, अहिले जडीबुटी अन्यत्र लैजाँदा समस्या भएको छ,” जडीबुटी व्यापारी कन्नबहादुर शाहीले भन्नुभयो । 

त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख ओमबहादुर बुढा बन्द प्रशोधन केन्द्र सञ्चालनका लागि प्रदेश सरकारले रु ५० लाख विनियोजन गरेको बताउनुहुन्छ । “आवश्यक उपकरणको व्यवस्था गरी प्रशोधन केन्द्र सञ्चालन गर्ने तयारी भइरहेको छ,” उहाँले भन्नुभयो । केन्द्र सञ्चालनमा आए जडीबुटी सङ्कलक र व्यापारीले पर्याप्त आम्दानी गर्नसक्ने छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य