८ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसदमा नेता नेपालको प्रश्न: देशमा गृह प्रशासन छ कि छैन ?

११ आश्विन २०७५, बिहीबार ०८:५६

असोज ११, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले सरकारको कार्यशैलीको कडा आलोचना गरेका छन् । नेता नेपालले मुलुकमा आपराधिक घटना नियन्त्रण गर्ने कुनै अंग छ कि छैन भन्ने प्रश्न उठेको बताएका छन् । संसद बैठकमा बोल्दै उनले यो कुरा बताएका हुन् |

'सरकारबारे जनस्तरमा आलोचना भइरहेको छ, सरकारले गति लिन नसकेकाले यो कानले जुन जोगी आए पनि कानै चिरेका भन्ने सुन्नुपरेको छ', नेकपा सांसदसमेत रहेका नेपालले भने, 'भ्रष्टाचार न्यूनीकरण तथा सुशासन कायम गर्नमा सरकार चुक्दा आलोचना भइरहेको छ, मन्त्रीहरुले यो कुराको ख्याल गरेका छन् कि छैनन् ?'

‘बलात्कार, एसिडबाट आक्रमण अनेकौं यस्ता घटना घटेका छन्, भ्रष्टाचार बढेको छ, रोक्ने, नियन्त्रण गर्ने अंग छ कि छैन, कोही गिरफ्तार भएका छन् कि छैनन्’ उनले भने ‘मान्छे हेर्न चाहन्छन् काम, मान्छे हेर्न चाहन्छन् परिणाम ।’

खुलेआम देश टुक्र्याउने अभिव्यक्ति दिँदा पनि सरकार चुप लागेको पनि नेता नेपालले बताए ।  गृहमन्त्री र मन्त्रीहरुलाई थाहा छ कि छैन ?', ‘गृहमन्त्री कहाँ हुनुहुन्छ ?, गृह प्रशासन छ कि छैन ?’ उनले प्रश्न गरे ‘खुलेआम देशलाई टुक्र्याउने व्यक्ति छन् । त्यस्तालाई देशभित्रैकाले साथ दिइरहेका छन् ।’

अहिले सांसदहरुले पनि लाज मानेर र शीर निहुराएर हिँड्नुपर्ने अवस्था रहेको उनले बताए । ‘बाटाघाटामा हिँड्दा, बसमा हिँड्दा के भन्लान्, पैदल हिँड्दा के भन्लान्, पसलमा छिर्दा के भन्लान् ?’ नेता नेपालले भने ‘ अर्को अधिवेशनमा आउँदा शीर ठाडो हुने गरी आउन पाइयोस् ।’

भ्रष्टाचार गर्ने र ठेक्कामा ढिलासुस्ती गर्ने र कालोसूचीमा परेकाहरु नै पुरस्कृत भइरहेको भन्दै उनले तिनीहरुलाई पटक पटक जिम्मेवारी दिनुको कारण के हो भन्ने प्रश्न उठेको बताए ।

अहिलेसरकारमाथि जनताको आशा र विश्वास रहेको र सरकारले काम गरोस् भन्ने चाहना रहेको नेता नेपालले बताए । ‘यो सरकारले राम्रो काम गरोस्, भ्रष्टाचार गर्दिन भनेर होइन नगरेर देखाउनुपर्छ । छोराछोरी, पीए नातेदार विभिन्न च्यानल मिलाएर यस्ता कहिँ कतै छन् भने अन्त्य होस्,’ उनले भने ।

सरकारको काममा कहीँ न कहीँ त्रुटी भएको औँल्याउँदै नेता नेपालले त्रुटी सच्याउन ढिला गर्न नहुने पनि जोड दिए । 'कहाँ रह्यो त्रुटी र कहाँ रह्यो समस्या खोजी गर्नुस्', उनले भने, 'राम्रो काम गरेमा नेकपाको मात्रै होइन संसदको समर्थन हुन्छ, नेपाललाई भ्रष्टाचारमुक्त देश चाहिएको छ। गुणस्तरहीन कामहरुको अन्त्य चाहिएको छ नेपाललाई ।'

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत ठगीको अभियोगमा पक्राउ उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार राष्ट्रपतिसँग बिदाइ भेट पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ जेन्जी आन्दोलनका शहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना बालेनलाई प्रधानमन्त्री बनाउने छलफलमा प्रवेश गरेका छैनौँ : रवि लामिछाने कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने मन्त्रीद्वयद्वारा नेपाली कांग्रेसको कार्यालय निरीक्षण ‘राष्ट्रिय सुरक्षाका लागि’ ग्रिनल्यान्ड चाहिन्छ : ट्रम्प काठमाडौँको तापक्रम आज यस वर्षकै कम नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल दुई नाबालकसहित ११ कैदीबन्दी पक्राउ मदुरोमाथि ट्रम्पको दबाब महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा