२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

जखेरा तालमा पर्यटकको घुइँचो

२०७५, ११ आश्विन बिहीबार १०:२६

असोज ११, लमही | लमहीको जखेरा तालमा पर्यटकको घुइँचो लाग्ने गरेको छ । पछिल्लो समय दैनिक एक हजारदेखि दुई हजार पाँच सयसम्म पर्यटक आउने गरेका छन् । 

ताल संरक्षण समितिका अध्यक्ष विषराम चौधरीका अनुसार पछिल्लो समय जखेरा ताल अवलोकन गर्नेको घुइँचो लाग्ने गरेको छ । तालको प्रचारप्रसार व्यापक भएकाले पनि पछिल्लो समय पर्यटकको सङ्ख्यामा वृद्धि भएको उहाँले बताउनुभयो । तालको प्राकृतिक सुन्दरता, पहाडैपहाडको बीचमा बनेको तालको दृश्यावलोकनका लागि यहाँ आन्तरिक पर्यटक बढी आउने गरेका छन् । अहिले दाङसहित प्यूठान, रोल्पा, सल्यान, रुकुम, बाँके, कपिलवस्तु, बर्दिया, सुर्खेतलगायतका स्थानबाट आन्तरिक पर्यटक अवलोकन गर्न आउने गरेका छन् । 

लमही नगरपालिका–३ मा रहेको उक्त ताल जिल्लाकै प्रसिद्ध पर्यटकीय स्थल हो । सात बिघा क्षेत्रफलमा फैलिएको सो तालमा अहिले गणेश मन्दिर, त्रिसिद्धेश्वरी महादेव, कालिका मन्दिर र राधा कृष्ण मन्दिर निर्माण गरिएको छ । तालको किनारमा मन्दिरबीचमा फुलेका कमलका फूल, डुङ्गाबाट देखिने उत्तरतर्फको हरियो डाँडा अनि चराचुरुङ्गीको आवाजले पर्यटकलाई थप आकर्षण गर्ने गरेको छ । 

यहाँ विभिन्न ठाउँबाट वनभोजका लागि आन्तरिक पर्यटक आउने गरेका छन् । तालमा माछापालन शुरु गरिएको छ । माछापालन नै आर्थिक स्रोत बनेको जखेरा शिवालय धार्मिक पर्यटन विकास संरक्षण प्रतिष्ठानका संस्थापक अध्यक्ष रामप्रसाद उपाध्याय बताउनुहुन्छ । “यहाँ ताल व्यवस्थापनको अभाव खट्किन थालेको छ,” उहाँले भन्नुभयो । झारपातका कारण तालको सौन्दर्यमा कमी आएको छ । “एउटा मात्र डुङ्गाले आगन्तुकको माग पूरा गर्न सक्दैन,” उपाध्यायले भन्नुभयो, “पालो पर्खिनुपर्ने अवस्था छ ।” तालको नियमित सफाइ र डुङ्गाको सङ्ख्या बढाउन सके जखेरामा बाह्य पर्यटक पनि भित्र्याउन सकिन्छ । 

जखेरा तालको संरक्षणका लागि रु २० लाख विनियोजन गरिएको लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले बताउनुभयो । पाँच वर्षमा ताललाई नमूना बनाउने गरी काम अघि बढाइएको उहाँको भनाइ छ । जखेरा तालको विकासका लागि बनाएको गुरुयोजनाअनुसार काम अगाडी बढिरहेको केसी बताउनुहुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला