८ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शान्तिसुरक्षाको अवस्था खस्कियो: नेता गच्छदार

११ आश्विन २०७५, बिहीबार १२:१४

असोज ११, काठमाडौँ | सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठकमा नेपाली काङ्ग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले सात महीनामा देशको शान्तिसुरक्षाको अवस्था खस्किएको आरोप लगाउनुभयो । 

नेता गच्छदारले प्रतिपक्ष दलका नेताको हैसियतले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै मुलुकमा हत्या, हिंसा र बलात्कारको घटना बढेको तथा अपराधीलाई पक्राउ गरी कारवाही गर्न नसकेको भ्रष्टाचारीहरु पुरस्कृत हँुदै गएको बताउनुभयो । 

नेता गच्छदारले गृहमन्त्रीले समितिको बैठकमा हत्या, हिंसा र बलात्कारको घटना पहिले पनि हुन्थे भन्नु र प्रधानमन्त्रीले पार्टीको एक कार्यक्रममा पार्टीका कार्यकर्तालाई विरोधीमाथि अरिङ्गालो झँै जाइलाग्नु भन्ने अभिव्यक्ति गैरसंसदीय अभ्यास भएको आरोप लगाउनुभयो । 

प्रतिपक्षलाई विरोधका आँखाले हेर्नु लोकतन्त्र होइन भन्दै उहाँले विरोधीलाई पनि सहमति, सहकार्य र एकतामा गोलबद्ध बनाउन सके मात्र सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने सङ्कल्प पूरा हुने बताउनुभयो । 

उहाँले ‘सरकार गतिशील हुन नसकेको भन्दै संविधान कार्यान्वयनको दिशामा सरकार अल्झिनु महँगी नियन्त्रण गर्न नसक्नु तथा जथाभावी कर बढाउनुले संविधान कमजोर बन्दै गएको छ’ भन्नुभयो । नेता गच्छदारले सरकार सङ्घीयता कार्यान्वयन गर्ने भन्दापनि विफल बनाउन लागेको आरोप लगाउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत ठगीको अभियोगमा पक्राउ उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार राष्ट्रपतिसँग बिदाइ भेट पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ जेन्जी आन्दोलनका शहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना बालेनलाई प्रधानमन्त्री बनाउने छलफलमा प्रवेश गरेका छैनौँ : रवि लामिछाने कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने मन्त्रीद्वयद्वारा नेपाली कांग्रेसको कार्यालय निरीक्षण ‘राष्ट्रिय सुरक्षाका लागि’ ग्रिनल्यान्ड चाहिन्छ : ट्रम्प काठमाडौँको तापक्रम आज यस वर्षकै कम नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल दुई नाबालकसहित ११ कैदीबन्दी पक्राउ मदुरोमाथि ट्रम्पको दबाब महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा