२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

मन्त्रीको फोटो यातायात कार्यालयको मुल गेटमा झुण्ड्याएर बिरोध

१२ आश्विन २०७५, शुक्रबार ०७:४९

भास्कर के.सी | साउन १२, कञ्चनपुर | सरकारकाले सार्वजनिक यातायात क्षेत्रमा १० प्रतिशत भाडा बृद्धि गरेको बिरोधमा राष्ट्रिय जनमोर्चा निकटको विद्यार्थी संगठन आन्दोलित भएको छ । 

अखिल छैठौँ कञ्चनपुरले यातायातमा गरिएको भाडा बृद्धि र पेट्रोलियम पदार्थमा गरिएको मुल्य बृद्धिको बिरोध गरेको छ । शुक्रबार अखिल छैठौँ कञ्चनपुरले महाकाली अञ्चल यातायात व्यवस्था कार्यालय महेन्द्रनगरको मुल गेटमा भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठको फोटो झुण्ड्याएर बिरोध गरेको हो । बृद्धि गरिएको भाडा र मुल्य फिर्ताको माग अघि सारेर छैठौँले यातायात कार्यालयकै मुल गेटमा बिरोध जनाएको छ । 


अखिल छैटौँका केन्द्रीय सचिव महेश राज जोशीले सिण्डिगेटको बिरोधमा उत्रिएको सरकारले एकाएक सवारी साधनमा भाडाबृद्धि र पेट्रोलियम पदार्थमा मुल्य बृद्धि गरेर जनतालाई मारमा पारेको बताए । सरकार माफियाको इसारामा चलेकाले सिण्डीगेटबाट पछाडी हट्को उनको आरोप छ । दशैँ, तिहार चाडबाँडका बेला सार्वजनिक सवारी साधनमा भाडाबृद्धि गरेर सरकारले जनतामाथी भार थपेको भन्दै केन्द्रीय सचिव जोशीले त्यसको बिरुद्धमा अखिल छैठौँले देशव्यापी आन्दोलन चर्काउने चेतवानी दिए ।

 केन्द्रीय सदस्य जोशीले जताततै सर्वत्र सरकारी कार्यालयमा अनियमिता बढ्दै गएकाले त्यसलाई रोक्न समेत सरकार निरिह बनेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो