२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा सभागृह बन्दै

२०७५, १४ आश्विन आईतवार ०५:१३

असोज १४, घोराही | सरकारले शहरी विकास भवन निर्माण विभाग डिभिजन कार्यालयमार्फत दाङको घोराहीमा ठूलो लगानीमा बहुउद्देश्यीय सभागृह निर्माण गर्न थालेको छ । 

घोराही–१४ नयाँ बजारमा निर्माण थालिएको उक्त आधुनिक सभागृह रु २६ करोड ७७ लाख १८ हजार ९०३ को लागतमा निर्माण हुन लागेको हो । सभागृह निर्माणको संयोजन उद्योग वाणिज्य सङ्घ दाङले गरिरहेको छ । निर्माणाधीन उक्त बहुद्देश्यीय सभागृह भवन निर्माणको ३० प्रतिशत काम सकिएको उद्योग वाणिज्य सङ्घ दाङका अध्यक्ष नारायण भुसालले बताउनुभयो । 

उद्योग वाणिज्य सङ्घले २०६९ सालको महोत्सवबाट रु ५१ लाख र २०७२ सालको महोत्सवबाट रु २४ लाख ९९ हजार रकम सङ्कलन गरेको थियो । उक्त रकम पनि सङ्घले सरकारलाई सहयोग गर्दै सभागृहमा लगानी गरिरहेको सङ्घका अध्यक्ष भुसालले जानकारी दिनुभयो । 

सरकारले ठेक्का आह्वान गर्ने र सुकुम्बासीको व्यवस्थापन तथा अन्य विभिन्न समस्याको कारण निर्माण कार्य ढिलो भएको अध्यक्ष भुसालले बताउनुभयो । 

उक्त सभागृह निर्माण भएपछि जिल्लावासी बाहिर जानुपर्ने बाध्यता हट्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै