2026-08-30 10:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सुर्खेतमा गिट्टी र बालुवा नखुल्दा विकासे काम ठप्प

असोज १४, सुर्खेत | सुर्खेतमा बालुवा र गिट्टी समयमै नखुल्दा विकासे काम प्रभावित भएको छ । निर्माण सामग्री अभाव भएका कारण कर्णाली प्रदेशको राजधानीमै निर्माणाधीन चार लेन सडक निर्माण कार्य समेत रोकिएको छ । वीरेन्द्रनगर नगरपालिकाले गत असारमा खोलाबाट गिट्टी, बालुवा उत्खनन् गर्न रोक लगाएपछि वीरेन्द्रनगरमा निर्माण कार्य प्रभावित भएको हो ।

वीरेन्द्रनगर नगरपालिकाले असोजको मध्य हुँदा समेत ठेक्का नखुलाउँदा सडकमा पर्ने ४० करोड बजेट बराबरका ५ वटा पुल निर्माण कार्य प्रभावित भएको स्वच्छन्द श्याम एण्ड शंकर तथा आशिष श्याम एण्ड शंकर निर्माण कम्पनीका सञ्चादक पदम खड्काले जानकारी दिए । ‘हामीलाई जम्मा ३ वर्षको ठेक्का दिइन्छ,’ उनले भने, ‘वर्षमा ३ महिना हामीलाई गिट्टी बालुवा प्रयोग गर्न बन्देज हुन्छ । हरेक वर्ष कम्तिमा पनि हामीलाई चाडपर्वका लागि २ महिना र नगरपालिकाको बन्देज ३ महिना गरेर ५ महिना काम गर्न नसक्ने स्थिति कायम भएको छ ।’

सरकारले ३ वर्षको ठेक्कामा थप १५ महिनाको म्याद थप गर्नुपर्ने वा बाह्रै महिना निर्माण सामग्री उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने उनले माग गरे । ‘हामीलाई कि सरकारले बाह्रै महिना खोलाबाट ल्याइने कच्चा पदार्थ प्रयोग गर्न, उत्खनन् गर्न दिनुपर्छ,’ उनले भने, ‘बरु त्यसका लागि हामी राज्यलाई अतिरिक्त कर तिर्न पनि तयार छौं । तर, हाम्रो निर्माण कार्यलाई प्रभावित हुने गरी नीति तय गर्दा हामी निर्माण व्यवसायीहरूलाई ठूलो मर्का परेको छ ।’ व्यवसायी खड्काले चार लेन सडकखण्ड अन्तर्गत मुलपानीदेखि वाङ्गेसिमलसम्मको दुइ हजार दुइ सय मिटर सडक कालोपत्रे गर्ने जिम्मा पाएका छन् । ‘सडक निर्माणका लागि मैले निर्माण सामग्री सहज रुपमा पाउन सकेको छैन,’ दुखेसो पोख्दै व्यवसायी खड्काले भने, ‘खोलाबाट ल्याउँदा बालुवाको प्रतिघनमिटर ३ हजार पर्छ भने अहिले बजारमा खरिद गर्दा प्रतिघनमिटर ६ हजार रुपैयाँ खर्च भइरहेको छ । यसले हामीलाई मार परेको छ ।’

उनले गत असार मसान्तमै निर्माण कार्य सकिसक्नुपर्ने सञ्चय कोषदेखि मुलपानी चोकसम्मको ३२ सय मिटर सडकलाई कालोपत्रे गर्न सकेका छैनन् । कालोपत्रे गर्न चाहँदा–चाहँदै पनि राज्यले ढल व्यवस्थापन गर्न नसक्दा काम गर्न असहज भएको र तत्काल ढलको समस्या समाधान गर्न सम्बन्धित निकायलाई पत्र पठाइसकेको उनले बताए । ‘तर, कतैबाट समस्याको समाधानको पहल हुन सकेको छैन,’ उनले भने, ‘सडकमा कालोपत्रे गर्नु मात्रै नभएर आफू सुर्खेतकै वासिन्दा भएका कारण म राम्रो काम गर्न चाहन्छु । तर, काम गर्ने वातावरण राज्यले मिलाउन सकेको छैेन ।’ निर्माण व्यवसायी पदम खड्काले आफूले आरनटुंडामा जम्मा गरेको बालुवालाई समेत नगरपालिकाले प्रयोग गर्न नदिएको बताए । ‘अन्य पहुँच भएकाले अन्यत्रबाट बालुवा ल्याएर काम गरिरहेका छन्,’ उनले भने, ‘तर, हामी पहुँच नभएकालाई जहिले पनि काम गर्न समस्या आइरहेको छ । हाम्रो कुरा कसले सुन्ने ?’ मिडिया, समाज सबैले ठेकेदारले समयमै काम गर्न नसकेको भनेर भन्ने गरेको बताउँदै उनले आफूहरूको समस्या कसैले नबुझेको उनले बताए । वीरेन्द्रनगर नगरपालिकाका वरिष्ठ अधिकृत प्रकाश पौडेलले नगरपालिकाले १–२ दिनभित्रै नगरपालिकाले कर उठाउने गरी खोलामा रहेका बालुवा उत्खननका लागि अनुमति दिने जानकारी दिए । ‘हामीले कात्तिक मसान्तसम्मका लागि अमानतमै भएपनि नगरपालिकाले कर उठाउने गरी खोलामा लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरेका छौं । १–२ दिनमा त्यो कार्यान्वयनमा जानेछ,’ उनले भने, ‘कात्तिक मसान्तसम्मका लागि यो कार्य हुनेछ भने त्यहीँ बीचमा ठेक्का पनि खुलाइने छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने