२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावर व्यवसायीको ६० दिने अल्टिमेटम: कामदार पठाउनै बन्द गर्ने चेतावनी (१७ बुदेँ माग सहित)

२०७५, १४ आश्विन आईतवार १५:३४

असोज १४, काठमाडौं । नेपाल वैदेशिक रोजगार ब्यवसायी संघले आफ्ना माग सम्वोधन गर्न सरकारलाई ६० दिने अल्टिमेटम दिने निर्णय गरेको छ । संघले आफ्ना माग सम्वोधन गर्न पटक पटक सरकारको ध्यानाकर्षण गराउँदा समेत सुनुवाई नभएको भन्दै सरकारलाई मङ्सिर १५ गतेसम्मको अल्टिमेटम दिएको छ ।

संघले आफ्ना १७ बुदेँ माग सार्वजनिक गर्दै मङ्सिर १५ गतेसम्म माग सुनुवाई नभए मङ्सिर २५ गतेबाट बैदेशिक रोजगारीमा कामदार पठाउने काम ठप्प पार्ने घोषणा गरेको संघका अध्यक्ष रोहन गुरुङले जानकारी दिए । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले म्यानपावर व्यवसायीका माग सम्वोधन नगरेको भन्दै आन्दोलनमा जान लागिएको गुरुङले बताए ।

व्यवसायी  संघले वैदेशिक रोजगार क्षेत्रमा देखिएका नीतिगत समस्याहरु समाधान गर्न तथा आफ्ना मागबारे श्रम मन्त्री विष्टलाई भेटेर ज्ञापन पत्र यस अघि नै बुझाई सकेका छन् तर मन्त्री विष्टले त्यसको कुनै सुनुवाई नगरेकोले अल्टिमेटम सहित आन्दोलन घोषणा गरिएको अध्यक्ष गुरुङले बताए  ।

 यस प्रकार छ-

१. धरौटी वृद्धि गर्ने मन्त्रिपरिषदको निर्णय फिर्ता गरिनु पर्ने।

२. मिति २०७३ जेठ २६ गतेको न्युनतम लागत शुल्क सम्बन्धीको निर्णय संशोधन र परिमार्जन गरि भारत लगायत दक्षिण एसिया मुलुकको प्रचलन अनुसारको ब्यबस्था गरिनु पर्ने ।

३. वैदेशिक रोजगार विभाग, कार्यलय र दूतावासको कार्य चुस्त हुनु पर्ने । 

४. मागपत्र दूतावास सिफारिस गर्नु पर्ने ०७५-०१-२४ गतेको मन्त्रिपरिषदको निर्णय खारेज गरि सहज गरिनु पर्ने ।

५.  एकलौटी ढंगले वृद्धि गरिएको न्युनतम पारिश्रमिक गन्तव्य मुलुकको सहमतिमा तोक्नु पर्ने ।

६. सरकारले कुटनैतिक पहल बिना बन्द गरेको कारण मलेसिया रोजगारिमा आर्थिक क्षति ब्यहोर्नु परेका कलिङ भिसा प्राप्त कामदार लाई तत्काल मलेसिया रोजगारिमा जाने ब्यबस्था गरिनु पर्ने साथै पुर्ब स्वीकृति सुचारु गरिनु पर्ने ।

७. रोजगारिमा गइ भनिएको काम ,तलब तथा अन्य सेवा सुबिधा पाउदा पाउँदै आफ्नै कारण नेपाल फिर्ता आउन खोज्ने वा कम्पनी छाडेर भाग्ने कामदारले रोजगारदाता कम्पनीले ब्यहोरेको भिसा ,टिकट लगायतको खर्च क्षतिपुर्ति तिर्नुपर्ने नितिगत ब्यबस्था गर्नु पर्ने ।

८. रोजगारीको क्रममा रोजगारदाता कम्पनी समस्याग्रस्त भइ कामदार फिर्ता ल्याउन परेमा दूतावास र प्रबर्द्धन बोर्डको महत्वपुर्ण भुमिका हुनुपर्ने ।

९. अनलाइन सफ्टवयर संचालन लाई प्रभावकारी बनाई श्रम स्वीकृति स्टिकर ब्यवसायीले आफ्नै कार्यलयमा प्रिन्ट गर्न मिल्ने ब्यबस्था गर्नु पर्ने ।

१०. कामदारले बिभागमा ब्यवसायी बिरुद्ध क्षतिपुर्ति माग गरि उजुरी पेश गर्दा तिरेको रकमको रसिदको आधार मा मात्र छलफल तथा छानबिन गरिनु पर्ने ।

११. एजेन्ट ब्यबस्थापन गरि बिचाैलिया हरुलाई कडा कार्बाही गर्नु पर्ने ।

१२. नेपाली कामदारको कोटा (भिसा)को सुनिश्चिततासहितको श्रम सम्झौता गरिनु पर्ने

१३. वैदेशिक रोजगारिमा जान बाद्य युवाहरुको निम्ति निशुल्क राहादानीको ब्यबस्था गरिनु पर्ने ।

१४. विदेशी मापदण्ड अनुसारको तालिम केन्द्र खोल्न संघलाई सातै वटा प्रदेशमा सरकारी स्वामित्वमा रहेको प्रयोग बिहिन जग्गा न्युनतम भाडामा उपलब्ध गरिनु पर्ने ।

१५. वैदेशिक रोजगार श्रम बैंकको स्थापना गरि कामदारले वैदेशिक रोजगारमा कमाइ गरेको निश्चित रकम जम्मा गरि ठुला परियोजनामा लगानी गर्न मिल्ने ब्यबस्था गरिनु पर्ने ।

१६. घरेलु कामदारमा महिला लाई जान रोक लगाएको विभेद पुर्ण निर्णय तत्काल संंशोधन गरि घरेलु काममा जान र पुनः स्वीकृति खुला गरिनु पर्ने ।

१७. करार पत्रको अाधारमा अन्तिम श्रम स्विकृतीको ब्यवस्था गरिनु पर्ने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो