२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मिर्चैयामा वृद्धाश्रम निर्माण गर्ने मेयर यादवको उद्घोष

१५ आश्विन २०७५, सोमबार १२:२७

असोज १५, काठमाण्डौ | मिर्चैया नगरपालिकामा सुविधा सम्पन्न वृद्धाआश्रम निर्माण हुने भएको छ । असहाय, गरिब, दलित, अपांग, जेष्ठ नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले वृद्धाश्रम निर्माण गर्ने योजना रहेको मिर्चैया नगरपालिकाका मेयर श्रबण कुमार यादबले बताएका छन् । 


अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अबसरमा आज (सोमबार) मिर्चैयामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मेयर यादबले गरिब, असहाय, दलित, अपांग र जेष्ठ नागरिकको बृद्धा अबस्थाको साहाराका लागि नगरपालिका भित्र बृद्धाआश्रमको आबश्यक्ता देखिएकोले निकट भबिष्यमा निर्माण गर्ने उदघोष गरेका छन् । बृद्धाआश्रम निर्माण गरी गरिब, असहाय, दलित, अपांग र जेष्ठ नागरिकलाई स–सम्मान सहित राखी पालनपोषण गर्ने मेयर यादबले स्पष्ट गरे । अगामी दिनमा जेष्ठ नागरिकका लागि थप योजनाहरु ल्याउने समेत उनले आश्वासन दिएका छन् । 


बर्तमान अवस्थामा आफ्नै सन्तानबाट जेष्ठ नागरिकहरु पिडित हुने गरेको भन्दै उनले बृद्धबृद्धाहरुको माया र सम्मानको खाँचो रहेको औल्याँए । पैसा कमाउने उदेश्यले छोरा वैदेशिक रोजगारीमा गएपछि बुहारीले बृद्धबृद्धालाई हेला गर्ने परम्परा समाजमा बढ्दै गएकोले समेत जेष्ठ नगरिकहरु थप पिडित बन्दै गएको मेयर यादबले बताए । सन्तान घरपरिबारमा भएपनि बिभिन्न कारणले बृद्धबृद्धालाई झै– झगडा गर्ने, कुटपिट गर्ने, बेबास्ता गर्ने परम्परा बढ्दै गएकोले यसलाई नियन्त्रण गर्न उचित कानुन बनाउनमा लागी परेको समेत उनले स्पष्ट गरे । जग्गाको खोजी भइरहेकोले सार्बजनिक जग्गा नभए खरिद गरेर भएपनि बृद्धाश्रम निर्माणका गर्ने मेयर यादबले बताए । 


“हाम्रो संस्कृतिकको पहिचान, जेष्ठ नागरिकको समान” नारा सहित स्थानिय थाना चौकबाट निकालिएको प्रभातफेरी विभिन्न भागको परिक्रमा गर्दै नगरपालिकाको मुलगेटमा पुगी समापन भएको थियो । दिबसको अबसरमा मिर्चैया नगरपालिमा भित्र रहेका १२ बटा बडामध्ये प्रत्येक बडाबाट ५ जनाको दरले ६० जना बृद्धाबृद्धालाई साडी, धोती, गम्छा र होरलिक्स सहित समान गरिएको छ ।

नगरपालिकाका मेयर यादबको अध्यक्षतामा भएको कार्यक्रममा अतिथिका रुपमा उपमेयर जिबछी देबि साह, प्रत्येक बडाका बडा अध्यक्ष, ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी दिपेन्द्र साह, सशस्त्र प्रहरी बल बेश क्याम्प मिर्चैयाका डिएसपी गहेन्द्र बहादुर भण्डारी, मिर्चैया ज्येष्ठ नागरिकका अध्यक्ष राधाकृष्ण साह, सचिब राजेन्द्र साह लगायतका व्यक्तिहरुको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन