२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

२८ औ अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस सम्पन्न

१५ आश्विन २०७५, सोमबार १६:११

भाष्कर के.सीं | असोज १५, कञ्चनपुर | २८ औ अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस सोमबार कञ्चनपुरको भीमदत्तनगरपालिकामा पनि धुमधामका साथ मनाईएको छ ।

विहान ११बजे भीनपा–१८ बर–पिपल चौतारा राधाकृष्ण मन्दिर बाट ब्यानर र प्ले कार्ड सहित ‘‘जेष्ठ नागरिक मानवअधिकार अभियन्ताहरुको सम्मान गरौं ।’’ भन्ने मुल नाराका साथ ¥याली निकाली बजारको परिक्रमा गरेको  थियो ।

¥याली पुनः राधा कृष्ण मन्दिरको प्राङ्गणमा पुगी जेष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रम गरिएको थियो । उक्त कार्यक्रममा ८४ बर्ष भन्दा माथिका जेष्ठ नगारिकलाई प्रमाण पत्र, नगद ५००।– र खाद्दा ओढाएर सम्मान गरेका थियो । भीमदत्त नगरपालिकाको सहयोगमा गरिएको उक्त सम्मान कार्यक्रममा १९ वडाका ७१ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको हो । 

२८ औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको उपलक्ष्यमा ज्येष्ठ नागरीक समाजलाई गरेको सहयोग र जेष्ठ नागरिकलाई भीमदत्तनगरपालिकाले गराएको भम्रणको मुल्यांकन गर्दै राष्ट्रिय जेष्ठ नागरिक समाजको केन्द्रीय कार्यालयले भीमदत्त नगरपालिकाका नगर प्रमुख श्री सुरेन्द्र विष्टलाई पनि  सम्मानित गरेको छ । 


जेष्ठ नागरिक समाजका गहना भएकाले वहाँहरुको सम्मान र सल्लाह मान्नु पर्ने, वहाँहरुले जिवनको यात्रामा धेरै लामो यात्रा तय गरेर आजको अवस्थामा आउनु भएको र वहाँहरु सीप र ज्ञानको भण्डारा भएकोले वहाँहरुको सीपको प्रयोग गर्नु पर्ने । जेष्ठ नागरिको सम्मानको लागि र वहाँहरु लाई दुःख कष्ट भोग्न नपरोस भनेर आफुले समाजिक भक्ता घर घरमा पुर्याउन पहल गरेको भीमदत्तनगरपाकिाका नगर प्रमुखले बताउनु भयो ।

देशभरिका जेष्ठ नागरिकले सम्मानका साथ बाच्न पाउनु पर्ने तथा वृद्ध आमा बुवा भगवानको रुप भएकाले तिनीहरुको सेवा गर्नु पर्ने, जब बच्चा जन्मिछ तब आमाले उसको दिसा पिसाब र सिघान लगायत कुनै पनि कुरा घिन नमानि सेवा गर्छिन तर जब तिनै बालकको सेवा गर्ने मौका आउछ त्यसबेला वृद्ध आश्रम खोज्न थाल्छन् हाम्रो समाज कता तिर गई रहेको छ ? जेष्ठ नागरिका समाजका अध्यक्ष कुवँरले बताउनु भयो ।

सोमबार भएको राष्ट्रिय जेष्ठ नागरिक समाज नेपालको उक्त कार्यक्रममा सभापति जेष्ठ नागरिक समाजका जिल्ला अध्यक्ष होम बहादुर कुँवर रहनु भएको थियो भने प्रमुख अतिथी भीमदत्त नगरपालिका नगर प्रमुख सुरेन्द्र विष्ट रहनु भएको थियो, विशिष्ट अतिथी गंगाराम गिरी रहनु भएको थियो कार्यक्रम सञ्चालन देवदत्त भट्टले गर्नु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो